• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाढी प्रभावित क्षेत्रमा एक्वा बक्स वितरण

राजविराज, २५ साउन । विगत दुई दिनदेखि राहत वितरण पश्चात तेस्रो दिन मङ्गलवार पनि जनकपुरका समाजसेवी सरोज रायद्वारा विभिन्न गाविसमा एक्वा बक्स वितरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय, हनुमाननगरबाट कोइलाडी, रामपुरा मलहनिया, इनर्वा, बभनगमाकट्टी, सकरपुरा, हनुमाननगरका पूर्ण रुपमा घर क्षति भएका पीडितहरुलाई वितरण समारोहमा ईलाका प्रहरी कार्यालयका प्रमुख, स्थानीय समाजसेवी अधिवक्ता मदन मोहन चौधरी, समाजसेवी बब्लु सिंह, युवा अभियन्ता अभिनव चौधरीसमेतको उपस्थितिमा राहत वितरण गरिएको छ ।
समाजसेवी रायले ६०८ पीडितलाई राहत सामग्री र २० जनालाई एक्वाबक्स वितरण भइसकेको बताएका छन् । २८ गते पुनः २०० परिवारकोलागि राहत सामग्री काठमाडौंबाट आइराखेको र आउने शनिवारदेखि सप्तरीको विभिन्न ठाउँमा निःशुल्क मेडिकल क्याम्प समेत आयोजना गरिने उनले जानकारी दिए ।