• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तेरहौताका किसानहरु व्यवसायीक गाईपालनतर्फ आकर्षित

तेरहौताका किसानहरु व्यवसायीक गाईपालनतर्फ आकर्षित

बृजमान तामाङ
बिरेन्द्र बजार, २५ साउन, सप्तरीको तेरहौताका किसानहरु ब्याबसायिक गाईपालनतर्फ आकर्षित भएका छन् ।
गाईपालनबाट मनग्य आम्दानी हुने भएपछि उनीहरु ब्यबसायिक गाईपालनतर्फ आकर्षित भएका हुन् । स्थानिय किसान बचत तथा ऋण सहकारी संस्था बिरेन्द्र बजारले दुध चिस्यान केन्द्र राखी दुध संकलन गर्ने प्रबन्ध मिलाएकाले किसानहरु ब्यासायिक गाईपालनतर्फ हौसिएको स्थानियहरु बताउँछन् ।
सहकारीले दुधपनि लिईदिने र गाई किन्ने पैसा समेत लगाई दिने गरेकोले किसानहरुले चितवनबाट उन्नत जातका गाई ल्याई पाल्ने होडबाजी नै चलेको किसान राम बहादुर कार्कीले बताए । गोठमा भएको चार माउगाईको दुध बेचेर मासिक नब्बे हजार आम्दानी लिने गरेको बताउदै उनले भने, बिदेशमा गएर रगत पसिना बेच्नु भन्दा गाउँमै परिश्रम लगानी गरे राम्रो कमाई गर्न सकिन्छ ।’
अन्य ब्यबसाय भन्दा गाई पालनबाट मनग्य आम्दनी हुने देखेपछि स्थानीय डिक बहादुर तामाङले ४, मनोज दासले ३, हर्क बहादुर कटुवालले २, तिलक बहादुर लायो मगरले २, रोहित मगरले २, बम बहादुर राउतले २, ईसाक मन्सुरीले २, शिब नारायण यादबले २ र सीतापुर १ का शिब नारायण साहले २ ओटा चितबनबाट जर्सी जातका दुहुना गाई ल्याएर पालेको कार्कीले जानकारी गराए ।
गाईको नश्ल बिकासका लागी एउटा साँढे समेत चितबनबाटै ल्याएको साथै अझ ठूलो संख्यामा गाई ल्याउने तयारी भईरहेको जानकारी दिदै उनले आफुसँग प्रबिधिक ज्ञान नहुँदा गोठमा खोरेत रोग सहितका बिभिन्न रोगको प्रकोपले समस्या उत्पन्न हुने गरेको बताए । सरकारी स्तरबाट यस्ता प्रकारको समस्या समाधानको पहल भए यहाँका किसानहरुमा ब्यबसायिक गाईपालन गर्न थप उत्साह मिल्ने स्थानीयबासीहरुको तर्क छ ।