• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजबिराज, २४ साउन । राजविराज स्थित राजरंगशालामा सञ्चालित अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्र्तगतको चौथो दिनको खेलमा क्षितिज क्याम्पसले मिसन क्याम्पसलाई ४ बिकेटले तथा जिएनआइटीले सप्तऋषीलाई डकवर्थ लुईस नियमको आधारमा २२ रनले पराजित गरेको छ ।
सोमवार सम्पन्न पहिलो सेमिफाइनलमा मिसन कलेजले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ११ रनको योगफल तयार पारेका थिए । मिसनका लागि कप्तान बिवेक यादव र प्रशान्त राईले सामान २८ रनको योगदान दिएका थिए भने अमित यादवले १९ रन बनाएका थिए । बलिंग तर्फ क्षितिजका मिनास थापाले ३ तथा महवुव आलम र पुष्प थापाले सामान २ बिकेट लिए ।
१ सय १२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको क्षितिजले १८ ओभर १ बलमा ६ बिकेटको नोक्सानीमा उक्त लक्ष्य भेटाएका थिए । क्षितिजका लागि मिनास थापाले ३४, पुष्प थापा २९ तथा गुणानन्द रायँले नटआउट रही १८ रनको योगदान दिएका थिए । बलिंग तर्फ मिसनका मिकु मण्डलले २ तथा बिवेक यादव, ललित राजवंशी र जितेन्द्र यादवले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच अलराउण्ड प्रर्दशन गरे वापत क्षितिज कलेजका मिनास थापालाई घोषित गरिएको छ ।
सोमवार नै सम्पन्न अर्को सेमिफाईनलमा सिद्धान्त लोहनीको खेलबाट प्रभावित जिएनआइटीले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा १ सय ७७ रनको बिशाल योगफल तयार पारे । जिएनआइटीका तर्फबाट सिद्धान्त लोहनीले बिष्फोटक ब्याटिंग गर्दै ६ छक्का र २ चौक्काको मद्धतले ३४ बलमा नटआउट रही ६४ रनको योगदान दिएका थिए । अन्य खेलाडिमा सुरेन्द्र यादव नटआउट २७, मुकुन्द यादव २३ र बिकास दासले २२ रनको योगदान दिए । बलिङ्गतर्फ सप्तऋषीका मनोज मण्डल र महवुव आलम जुनियरले सामान २ बिकेट तथा हजरत अली, धिरज दास र रवी रोयले सामान १ बिकेट लिए ।
१ सय ७८ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तऋषीले ७ ओभर १ बलमा ५ बिकेटको नोक्सानीमा ६४ रन बनाए पछि परेको बर्षाले खेललाई अवरोध गरेपछि खेल हुन सकेका थिएन । तत् पश्चात म्याच अफिसियलले डकवर्थ लुईसको नियमानुसार जिएनआईटीलाई २२ रनले बिजय भएको घोषणा गरे । सप्तऋषीका लागि अंकित सुवेदीले बिष्फोटक ब्याटिंग गर्दै १५ बलमा ३९ रनको योगदान दिएका थिए भने रवी रोयले ११ रन बनाए । बलिङ्गतर्फ सिद्धान्त लोहनी र दिपेन्द्र एैरीले सामान २ बिकेट लिएका थिए भने समिर हुसैनले १ बिकेट लिए ।
खेलको म्यान अफ द म्याच क्षितिज कयाम्पसका अलराण्ड प्रदर्शन गरे वापत सिद्धान्त लोहनीलाई घोषित भए । प्रतियोगिता अन्तर्गत फाइनल खेल बुधवार बिहान १० बजेबाट राजरंगशालामा हुने जानकारी आयोजक समितिका प्रतियोगिता निर्देशक बिरेन्द्र यादवले जानकारी दिए ।