• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अञ्चल अस्पतालका निमित मेसु साह अख्तियारमा

राजविराज, २४ साउन । राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट दिलिप कुमार साहलाई अनुसन्धानकालागि काठमाण्डौ बोलाएको छ ।
मोटो रकम लिएर १२ जना कर्मचारी नियुक्त गरि अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पताल प्रमुख साहलाई काठमाण्डौ स्थित टङ्गाल झिकाएको हो । विज्ञापन समेत नगरी अस्पताललाई आर्थिक रुपमा धरासायी बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्राविधिकतर्फ अहेव ३ जना, ल्याब असिस्टेण्ट १ जना, स्वीपर २ जना, कम्प्यूटर अपरेटर २ जना र कार्यालय सहयोगी ४ गरी १२ जनासँग मोटो रकम लिएर गत चैत्र २२ गते नियुक्ती गरेका थिए । मेसु साहले आफ्नै भतिजो उदय कुमार साह र उत्तमलाल साह, अस्पतालमै कार्यरत कम्प्यूटर अपरेटर धीरेन्द्र चौधरीकी पत्नी रञ्जु सिंह दनुवार र सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झाकी छोरी खुश्बु झासमेत गरी एक दर्जनलाई नियुक्ती गरेको श्रोतले जनाएको छ ।
अस्पताल विकास समिति चरम आर्थिक संकटमा परेको बेला मेसु साहले पदको दुरुपयोग गरी एकलौटी रुपमा मनमौजी ढङ्गले कर्मचारी नियुक्ति गरेको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले आपत्ति जनाउँदैआएका थिए । उनी शुक्रबार नै काठमाण्डौंतर्फ लागेको अस्पताल श्रोतले जनाएको छ ।