• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सखडा, २३ साउन । शान्ति र कल्याणको सन्देश लिएर अघि बढेको सखडेश्वरी छिन्नमस्ता भगवतीको रथको उदयपुर कटारीवासीले आइतवार भव्य स्वागत गरेका छन् ।
सिरहाको चौहर्वाबाट मिर्चैया र कटारीका लागि हिँडेको माताको रथ अपरान्ह कटारी आई पुग्दा स्थानीय भक्तजनले दुई माईल अघिबाटै अगुवाई गरी रथलाई कटारी नगरमा प्रवेश गराएको थियो । सो अवसरमा भक्तजनले सखडेश्वरी महिषमर्दिनी छिन्नमस्ताको पूजा– महवुव आलमको उत्कृष्ट प्रदर्शनले क्षितिज सेमिफाइनलमा
राजविराज, २३ साउन । राजबिराजको राजरंगशालामा सप्तरी क्रिकेट संघको सहयोग तथा सगरमाथा क्रिकेट एकेडेमीको आयोजनामा संचालित अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्र्तगतको तेश्रो दिनको एकमात्र खेलमा क्षितिज क्याम्पसले मोडल क्याम्पसलाई १ सय ३६ रनको बिशाल अन्तरले पराजित गरेको छ ।
एकतर्फि रहेको उक्त खेलमा क्षितिजले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय ९० रनको बिशाल योगफल तयार पारेका थिए । क्षितिजका लागि महवुव आलमले बिष्फोटक ब्याटिंग गर्दै ३३ बलमा ५८ रन अविजित बनाएका थिए भने उनलाई साथ दिदै रोहित सिंहले समेत २२ बलमै ४५ रन बनाएका थिए । क्षितिजका लागि अविनाश कर्णले समेत ३७ बलमा ४२ रनको योगदान दिएका थिए । बलिंग तर्फ मोडल क्याम्पसका टिन्कुले ३ तथा चकेन्द्र साहले २ बिकेट लिएका थिए ।
१ सय ९१ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको मोडल क्याम्पस १५ ओभर २ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई ५४ रनमै समेटिएको थियो । मोडलका लागि कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएन । मोडललाई सस्तोमा समेटन क्षितिजका रोबिन सिंह, रोहित सिंह र पुष्प थापाले समान २ बिकेट लिएका थिए भने महवुव आलमले १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच क्षितिज कयाम्पसका किर्तीमानी खेलाडि महवुव आलम घोषित भएका थिए । प्रतियोगिता अन्र्तगत सोमवार हुने सेमीफाईनल खेल अन्र्तगत पहिलो खेल मिसन कलेज र क्षितिज कलेज बिच तथा दोश्रो खेल सप्तऋषी कलेज राजबिराज र जिएनआइटी भारत बिच हुने जानकारी आयोजक समितिका प्रतियोगिता निर्देशक बिरेन्द्र यादवले जानकारी दिए ।