• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताकालागि चार बैकल्पिक सहित १८ जनाको छनौट

राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताकालागि चार बैकल्पिक सहित १८ जनाको छनौट

वीरगञ्ज, ३१ असार । मध्यमाञ्चल खेलकुद विकास समिति वीरगञ्जको आयोजना एवम् जिल्ला खेलकुद विकास समिति पर्साको बिशेष सहयोगमा बिहिरबारदेखि शुरु भएको राष्ट्रिय महिला क्रिकेट छनौट प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
वीरगञ्ज स्थित नारायणी रंगशालामा सञ्चालित छनौट प्रतियागिताबाट चार वैकल्पिक खेलाडी सहित १८ जना खेलाडीलाई छनौट गरिएको छ । छनौट टोलीले बागमती बाट सात, जनकपुरबाट पाँच र नारायणीबाट दुई गरी १४ खेलाडी छनौट गरेको छ । यसैगरी टोलीले नारायणीबाट दुई, जनकपुरबाट एक र बागमतीबाट एक खेलाडी गरी चार जना खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा समेत छनौट गरेको छ ।
बागमतीको कोच सामसुङ्गजङ्ग थापा, नारायणीका कोच प्रकाश शर्मा र नेहाल अहम्द र जनकपुरका कोच निरज कार्की सम्मिलित छनौट टोलीले बागमती अञ्चलबाट कञ्चन श्रेष्ठ, रबिना भण्डारी, अस्मिता खरेल, अस्मिना कर्मचार्या, शरदा वाग्ले, आरती बिडारी, गीता चुडाल, जनकपुर अञ्चलबाट शोभा आले, रोजी भण्डारी, बिमल मगर, मनिशा आले, स्वास्तिका टोलेंगा ,नारायणी अञ्चलबाट सीता श्रेष्ठ र रचना अर्याललाई छनौट गरेको छ । यसैगरी जनकपुरबाट अनु कार्की, बागमतीबाट सजनी श्रेष्ठ, नारायणी अञ्चलबाट सानुमाया तामाङ्ग र ममता चौलागाई लाई बैकल्पिक खेलाडीको रुपमा छनौट गरिएको जिल्ला खेलकुद बिकास समिति पर्साका अध्यक्ष सुदिप पौडेलले जानकारी दिए ।
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा मध्यमाञ्चलका नारायणी, बागमती र जनकपुर अञ्चलका ४२ जना खेलाडीहरुले सहभागिता जनाएको अध्यक्ष पौडेलले बताए ।