• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

युएईमा हिन्दू र मुस्लिमले एकसाथ ईफ्तारी गरे

युएईमा हिन्दू र मुस्लिमले एकसाथ ईफ्तारी गरे

राजविराज, १९ असार । संयुक्त अरब इमारत स्थित दुबईको मम्जार बीच पार्कमा शुक्रवार ७० जना हिन्दू र मुस्लिम समुदायले एकसाथ रमदानको पवित्र महिनाको अन्तिम शुक्रवार ईफ्तारी गरेका छन् ।
अरबमा बस्दैआएका मधेशी समुदायका हिन्दू समुदायले मुसलमान साथीहरुको रीतीरिवाजप्रति सदासयता जनाउदै एक दिनको रोजा व्रत समेत राखेका थिए । उक्त कार्यक्रम गैर आवासीय मधेशी समाजले आयोजना गरेको थियो । गैर आवासीय मधेशी समाज युएईका संयोजक डा. रबिन्द्र कुमार यादवले यस्ता आयोजनले मधेशमा बसोबास गर्ने दुबै समुदायमा आपसी सम्मान, विश्वास र सद्भाव बढ्नका मधेशी एकता पनि मजबूत हुने बताए ।
यस्तो कार्यक्रमले पुरै मधेश मा एक प्रकार को सन्देश जाने र मधेशमा अधिकारप्राप्तिका लागि बिभिन्न प्रकारका संघर्षहरुमा मिलेर योगदान दिन उत्प्रेरित गर्ने नेपाली मुस्लिम वेलफेयर सोसाइटीका अध्यक्ष फैजल हुसैनले बताए । प्रवासमा रहेका मधेशी हिन्दूहरुको यस प्रयासले आफुहरु भाव विभोर भएको उनले बताए ।
उक्त अवसरमा मधेशी अगुवा सुधीर सिंहले यस्तो आयोजनले दुबै समुदाय बीच सौहार्द्र कायम गर्ने बताए । यसैगरी मुस्लिम अगुवा तनवीर आलमले अल्लाहले दुबै समुदाय लाई सही बाटो देखाउने विश्वास व्यक्त गरे ।2