• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

छिन्नमस्तामा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम

छिन्नमस्तामा अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम

राजविराज, १६ असार । सप्तरीको छिन्नमस्ता गाविस स्थित छिन्नमस्ता भूपेन्द्र संस्कृत माध्यमिक विद्यालयमा विहीवार अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरियो ।
जिल्ला ज्येष्ठ नागरिक संघद्वारा आयोजित कार्यक्रममा प्रमुख वक्ता नापी विभागका पूर्व महानिर्देशक रामनरेश सिंहले नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभव सिक्नुका साथै आफ्ना मातापिताको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताए । संघका अध्यक्ष शिवहरि प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, विद्यालयका निमित प्रधानाध्यापक रामेश्वर प्रसाद यादव, संघका सचिव बैद्यनाथ झा, कोषाध्यक्ष नन्दलाल साह, १० कक्षाका विद्यार्थीहरु मनोजकुमार यादव, कञ्चन कुमारी यादवलगायतले समाजमा आफ्नै घरभित्र बृद्धबृद्धाको सम्मान गरिने वातावरण बनाउनुपर्ने बताए ।