• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संघीय संसद र प्रदेश सभाको चुनाव एकैसाथः नेता मण्डल

संघीय संसद र प्रदेश सभाको चुनाव एकैसाथः नेता मण्डल

राजविराज, १५ असार । वरिष्ठ राजनितिज्ञ खुसीलाल मण्डलले आन्दोलनकारीको माग पुरा गरी आवश्यक नियम कानुन वनाई २०७४ वैशाखसम्म संघिय संसद र प्रदेश सभाको चुनाव एकैसाथ गराउन जन दवाव दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
राजविराज स्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो कुरा बताएका हुन् । मधेश आन्दोलित रहेको अवस्थामा माग सम्बोधन गर्नुको साटो अनावश्क कुरा गरेर अन्यत्र ध्यान केन्द्रित गर्न खोजिरहेको बताउँदै उनले भने ‘ आन्दोलनरत पक्षको माग सम्वोधन नभएसम्म देशमा कुनै पनि निर्वाचनको औचित्य छैन, यदी यस्तो अवस्थामा जबरजस्ती निर्वाचन गराईए देशमा द्वन्द्व निम्त्याउने निश्चित छ । आन्दोलनरत पक्षको माग सम्वोधन नभएसम्म देशमा कुनै पनि निर्वाचनको औचित्य नरहेको बताए ।
संघीयता भएका कुनै पनि देशमा स्थानीय निकाय सम्वन्धित प्रदेशको क्षेत्राधिकार भित्र राखिएको जानकारी दिँदै उनले भने ‘नेपालमा पनि वर्तमान संविधानले स्थानीय निकायलाई प्रदेशको क्षेत्राधिकार भित्र राखेकोले यथास्थितिमा चुनाव गर्दा संविधानकै उलंघन हुने छ ।’ निर्वाचनको नाममा देशलाई अनावश्यक आर्थिक भार दिईनु कुनै पनि हालतमा उपयुक्त नहुने वरिष्ठ राजनीतिज्ञ मण्डलले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसामु आफु चुनावको पक्षमा देखाउन निर्वाचनको कुरा पटक पटक उठाउने गरेको चर्चा गर्दै हालै निर्वाचन आयोगमा समेत गराएको भन्दै नेता मण्डलले प्रष्ट्याए । २२ वर्षदेखि हुन नसकेको स्थानीय चुनाव ५ महिना अझंै ढिलो गरी भए पनि पहाड नखस्ने बताउँदै उनले भने ‘अहिलेकै अवस्थामा चुनाव गर्दा द्वन्द्व निम्तन्छ, म नेपाली जनतालाई अहिलेकै अवस्थामा चुनाव कार्यान्वयन हुन नदिन अपील गर्दछु ।’
सम्वन्धित प्रदेशले आ–आफनै प्रदेशमा स्थानीय निकायको चुनाव गराई जनप्रतिनिधि वहाली गर्नु नै उत्तम विकल्प हुने नेता मण्डलको भनाई छ । उनले ६ सय १ सांसदले देशलाई नै कङ्गाल वनाउने भन्दै नेता मण्डलले फागुन ७ र वैशाख ११ गतेलाई सार्वजनिक विदा कटौती गरेर शहिदहरुको अवमुल्यन गरेको टिप्पणी गरे ।