• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तीन गाविसका ज्येष्ठ नागरिक भत्ताबाट बञ्चित

तीन गाविसका ज्येष्ठ नागरिक भत्ताबाट बञ्चित

राजविराज, १५ असार । असारको मध्य वितिसक्दा पनि सप्तरीका तीन गाविसले तेस्रो किस्ता वापतको रकम निकासा लिएका छैनन् ।
गाविसले रकम नलगेपछि ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिकालगायतले सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनु परेको छ । जिल्ला विकास समिति सप्तरीको पञ्जिकरण शाखाले दिएको जानकारी अनुसार तेस्रो किस्ता निकासा नलग्ने गाविसमा मानराजा, हरिपुर र मलेकपुर रहेका छन् ।
अघिल्लो किस्ताको भर्पाई नबुझाएसम्म अर्को किस्ता दिन नमिल्ने भएका कारण ती तीन गाविसको निकासा नभएको पञ्जिकरण शाखाका हरिहरलाल चौधरीले बताए । ‘विगतको भर्पाई आएको छैन’ उनले भने ‘पेश्कीमाथि पेश्की दिन नमिल्ने नियममा व्यवस्था भएको कारण किस्ता रोकिएको हो ।’ अघिल्लो किस्ताको भर्पाई बुझाउन पटक–पटक सूचना जारी गरे पनि नबुझाए पछि किस्ता रोकिएको उनको भनाई छ ।
उता गाविस सचिवले आफूहरुको सामाजिक सुरक्षा भत्ताको रकम महिनौंदेखि नदिएको मलेकपुर–६ का ज्येष्ठ नागरिक रामेश्वर यादवले गुनासो गरेका छन् । यस्तै गुनासो वडा नम्वर–५ का नटाई मण्डलको पनि रहेको छ । गाविस सचिवले दलित बालबालिकाको प्रथम किस्ताको भत्तासमेत हालसम्म नदिएको स्थानीयको आरोप छ ।