राजविराज, १ असार । ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजले सर्वसाधारणलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले रेमिटेन्स सेवा (मनि ट्रान्सफर) सञ्चालन गरेको छ ।
राष्टिय सहकारी बैंक लिमिटेडको सहकार्यमा राजविराज १ मा खोलिएको शाखाको बुधबार औपचारिक उद्घाटन सहकारी बैंक लि. का सप्तरी संयोजक विश्वनाथ मण्डल र शाखा प्रमुख विप्लव कुमार कर्णले संयुक्त रुपमा गरेका छन् । उक्त अवसरमा पहिलो दिन सेवा लिने ग्राहकलाई संस्थाले एक–एक थान चाँदीको सिक्का प्रोत्साहन स्वरुप प्रदान गरेको छ । संस्थाले सो शाखाबाट दैनिक, मासिक, आवधिक र कार्यालय बचत काउन्टर सेवा समेत सुरु गरेको छ । रेमिटेन्स सेवा विस्तारले सेवाग्राहीलाई छिटो, छरितो र सहज ढंगले सेवा प्राप्त हुने संस्थाका संस्थापक अध्यक्ष एवम् मुठिया बचत कार्यव्रmमका अवधारणाकर्ता सुखराम यादवले जानकारी दिए ।
उद्घाटन समारोहमा संस्थाका अध्यक्ष भोला रमण उप्रेती, व्यवस्थापक पंकज पोखरेल, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष श्रवण देव, संस्थाका परियोजना प्रमुख उमेश यादव, सञ्चार सल्लाहकार एम.के.माझी, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादवलगायतको विशेष उपस्थिति रहेको थियो ।