Top_Header_Right_Add

नेपाल–भारतका साहित्यकर्मीहरुको जमघट, लोक नायक दीनाभद्रीबारे अध्ययन अनुसन्धान तीब्र

नेपाल–भारतका साहित्यकर्मीहरुको जमघट, लोक नायक दीनाभद्रीबारे अध्ययन अनुसन्धान तीब्र

राजविराज, १६ जेठ । मिथिला क्षेत्रका लोकनायक दीनाभद्रीको विषयमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाण्डौले अध्ययन, अनुसन्धान एवम् अभिलेखिकरण कार्यलाई तीब्रता दिएको छ ।
शोसक सामन्त विरुद्ध कठोर संघर्ष गरेका मुसहर दाजुभाइ दीनाभद्रीको जन्म, मृत्यू संस्कार एवम् विभिन्न घटनाहरुसँग सम्वन्धित स्थलहरुको विषयमा अध्ययन अनुसन्धान एवम् अभिलेखिकरण कार्यलाई अगाडि बढाएका हुन् । प्रतिष्ठानका प्राज्ञद्वय रमेश रञ्जन, खेम नेपाली, प्राविधिक सहितको टोलीले शुक्रवार दीनाभद्री सम्वन्धित स्थलहरुको छायाङ्कन गरेका छन् ।20160529_173828
उपेक्षाको शिकार रहँदैआएका दीनाभद्रीसँग सम्वन्धित स्थलहरुको छायाङ्कन कार्य जारी रहेको प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जनले जानकारी उनका अनुसार दीनाभद्रीको जन्मस्थान एवम् कुश्ती खेलिएको स्थान जोगिया जाँजर लगायतका स्थलहरुको छायाङ्कन सोमवार गरिनेछ ।
दीनाभद्रीसँग सम्वन्धित लोकगाथा(महराइ)को छायाङ्कन भइसकेको जानकारी दिँदै उनले भने ‘लोकगाथा गायक सातैन रामको गायनको छायाङ्कन शनिवार सम्पन्न भइसकेको छ, बाँकी कार्यहरु समेत जारी छ ।’ दीनाभद्रीको विषयमा लोकगाथा गायन लोप हुँदै गएकोले उनीसँग सम्वन्धित श्रोत एवम् सन्दर्भ सामग्रीहरुको सङ्कलन भइरहेको छ । लोकगाथाको आधारमा दीनाभद्रीको विषयमा पुस्तक प्रकाशन समेत गरिने प्रतिष्ठानको योजना रहेको प्राज्ञ रञ्जनले जानकारी दिए । 20160529_145643
प्रतिष्ठानले मैथिली साहित्य परिषद्को संयोजनमा आइतवार राजविराजमा ‘मिथिला लोक विभुती दीनाभद्री गाथा विमर्श गोष्ठी’ आयोजना गरिएको छ ।
गोष्ठीमा भारतका चर्चित साहित्यकार समेत रहेका विहार नाट्य एकेडेमीका सचिव डा.तारानन्द वियोगी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय मैथिली विभागका अध्यक्ष प्रा. परमेश्वर कापडि, मैथिली साहित्य परिषद राजविराजक पूर्व अध्यक्ष समेत रहेको अनुसन्धानकर्ता देवेन्द्र मिश्र र भारतका साहित्यकार रघुनाथ मुखियाले दीनाभद्रीको विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्र प्रस्तोताहरुले दीनाभद्रीको विविध पक्षबारे अध्ययन अनुसन्धान गरी तथ्यहरु प्रस्तुत गरेका छन् ।20160529_161005
मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षता एवम् प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रञ्जनको प्रमुख आतिथ्यमा आयोजित गोष्ठिमा प्रस्तुत कार्यपत्रमाथि टिप्पणीसहितको निष्कर्ष भारतीय साहित्यकार अजित आजादले प्रस्तुत गरेका छन् । यसैगरी दीनाभद्रीको विविध पक्षबारे लुम्बिनी बौध विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. पीताम्बरलाल यादव, मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डल, प्रा. अशोक झा, साहित्यकार पूनम ठाकुर, पत्रकार राजु विश्वकर्मा, मैथिली साहित्य परिषदका उपाध्यक्ष सतिश कुमार दत्त, सचिव श्यामसुन्दर यादव, दीनाभद्रीको मन्दिर स्थापित कटैया गाउँका दयानन्द प्रमाणी, हलेश्वर कापडिलगायतले कार्यपत्रमा प्रस्तुत तर्क एवम् तथ्यहरुबारे विचार व्यक्त गरेका छन् ।devendra mishra
सोही कार्यक्रममा सप्तरीको खुरहुरिया गाउँका लोकगाथा गायक सातैन रामलाई पाँच हजार रुपैयाँ नगदसहित पाग र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा लेखक, पत्रकार, प्राध्यापक, अनुसन्धानकर्ता, कलाकार, संस्कृतिकर्मी, बुद्धिजिवी समेतको सहभागिता रहेको थियो । सोही अवसरमा मैथिल महिला परिषदका महिलाहरुद्वारा गोसाओनी गीत प्रस्तुत गरिएको थियो । ajit aajad

20160529_140707

20160529_140216

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer