• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा बरामद

राजविराज, ७ जेठ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर– १, ६ र ७ मा अवैध घरेलु मदिरा बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायव निरीक्षक ब्रम्हदेव साहको नेतृत्वमा खटिएको टोलीले चेक जाँचका क्रममा विभिन्न वडाहरुबाट अवैध घरेलु मदिरा बरामद गरेको हो । राजविराज–६ का मेख बहादुर तामाङ लगायतका ८–९ जनाको घरबाट तयारी अवस्थामा रहेको अवैध घरेलु मदिरा करिव एक हजार लिटर एक हजार लिटर मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ करिब ३ क्विन्टल र मदिरा भाडा–वर्तन समेत बरामद गरी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
यसैगरी प्रहरीले राज रंगशालाको प्याराफिटको बस्तीबाट समेत ठूलो परिमाणमा अवैध घरेलु रक्सी बरामद गरिएको छ । प्रहरी नायव निरीक्षक साहको टोलीले बस्तीका वासिन्दाहरु भागेपछि सर्जमिन मुचुल्का तयार गरी घरको ताल्चा फुटाएर ठूलो परिमाणमा मदिरा बरामद गरिएको छ ।