• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज । मिथिलाञ्चल स्टार ग्रुपको व्यानरमा आधुनिक मैथिली गीती एल्वम ‘चहटगर चटनी’ बजारमा आउने भएको छ ।
मैथिलीप्रेमी श्रोताहरुका माझ आउन लागेको उक्त एल्बमको आगामी जेठ १ गते विराटनगर स्थित रामजानकी सदनमा एक कार्यक्रमका बीच लोकार्पण गरिने भएको हो । विभिन्न स्थानका युवा गीतकारहरुको शब्द रहेको मैथिली गीती एल्बमको सम्पूर्ण गीतहरु रेकर्डिङ्ग भइसकेकोले बजारमा श्रोताहरुमाझ पस्किन लागेको प्रतिभावान गीतकार विद्यानन्द वेदर्दीले जानकारी दिए ।
कुल १० ओटा गीत रहेको ‘चहटगर चटनी’मा अञ्जु यादव, तेजु मैथिल, आर.एन. सागर, जावेद अलिको सु–मधुर स्वर रहेको छ । विद्यानन्द वेदर्दी, विन्देश्वर ठाकुर, आर.एन. सागर, सुधीर सिंह, प्रयास प्रेमी मैथिल, नारायण मधुशाला, अशोक कुमार सहनी, राजदेव राजको शब्द रचना रहेको छ ।
शैलेन्द्र विश्वकर्माको जादुमय सङ्गीतमा बजारमा आउन लागेको उक्त गीती एल्बमको सल्लाहकारमा चर्चित मैथिली साहित्कार धीरेन्द्र प्रेमर्षि, मैथिली अभियानी प्रवीणनारायण चौधरी र साहित्यकार श्यामसुन्दर यादव ‘पथिक’ रहेका छन् । हालै सार्वजनिक गरिएको एल्वमको आकर्षक कभर डिजाइन एस.के. मैथिलले गरेका छन् । आम मैथिलीप्रेमी श्रोताहरुका बीच अत्यधिक लोकप्रिय हुने आफूहरुको विश्वास रहेको गीतकार वेदर्दीले बताए । यसअघि वेदर्दीले ‘मिथिला एक्सप्रेस’ गीती एल्वम सार्वजनिक गरिसकेका छन् ।