• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मानव अधिकार आयोग नै असमावेशी भएपछि झाले गराए ध्यानाकर्षण

मानव अधिकार आयोग नै असमावेशी भएपछि झाले गराए ध्यानाकर्षण

Letter_Dipendra_jha-791x1024हुलाकी न्यूज, काठमाडौं १२ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगको खुल्लातर्फको अधिकृतमा एउटै समुदायका व्यक्तिहरु परेकोमा अधिवक्ता दिपेन्द्र झाले आयोगलाई ध्यानाकर्षण गराएको छ ।

हालै प्रकाशित खुल्लातर्फको परीक्षाफलमा ३४ सिटमा ३४ जना नै एउटै समुदायको भएकोमा अधिवक्ता झाले आश्चर्य व्यक्त गरेका छन् ।अधिवक्ता झाले आइतबार राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराउँदै लेखेका छन्, ‘नेपालको संविधानको धारा ४२(१), ४०(१), ३८(४) र २८३ मा भएको समानुपाति समावेशी सुनिश्चितता गरेको साथै संविधानको प्रस्तावना र राज्यको निर्देशक सिद्धान्तले राज्यलाई समानुपातिक समावेशी बनाउने संकल्प लिएको र सो अनुरुप निती लिने व्यवस्थाको समेत विपरीत रहेको छ ।

यसरी यी परीक्षाफल संबैधानिक व्यवस्थाको अनुकुल छैन भन्ने मेरो बुझाई रहेको छ ।’ अधिवक्ता झाले खुल्ला र समावेशी दुबैतर्फ परीक्षामा नाम निकाल्न सफलहरुलाई पहिले समावेशीतर्फको अन्तरवार्ता लिइ खुल्लातर्फको अन्तरवार्तामा सहभागी नगराउने परिपाठी रहेको आरोपसमेत लगाएका छन् । झाले राष्ट्रिय मानव अधिकार आयोगलाई समावेशी चरित्रको बन्न र अरु निकायका लागि उदाहारणीय बन्न आग्रहसमेत गरेका छन् ।  साभारः हुलाकी न्यूज डटकम