• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तेरहौताको शनिदेब थानमा भब्य मेला

बृजमान तामाङ
बिरेन्द्र बजार, २४ फागुन । सप्तरीको तेरहौता–५ स्थित चुरे वन फेंदीमा अस्थित प्रसिद्ध शनिदेव थानमा सोमबार भब्य मेला आयोजना भएको छ ।
स्थानीयवासिन्दाको सहयोगमा शिव शनिधाम समितीद्धारा महाशिवरात्रीको अवसरमा मेला आयोजना गरिएको हो । मेलामा श्रद्धालु भक्तजनरुको ठूलो भिंड लागेको थियो ।
शनिदेवको दर्शन गर्नाले शनि ग्रहबाट मुक्ती पाईने जनबिश्वास रहँदै आएको छ । सप्तरीको बिरेन्द्र बजारदेखि करिब ३ किलो मिटर उत्तर दुधैला खोला र धारा खोलाको सङ्गम स्थलमा अवस्थित प्रसिद्ध शनिदेवको दर्शन गर्नकालागि सप्तरी लगायत अन्य जिल्लाहरुबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थीहरु आएका छन् । P1060123
शनिदेवथानमा अन्य दिनको तुलनामा महाशिबरात्रीमा बढी भिंड हुने हुँदा भक्तजनहरुलाई कठिनाई नहोस् भनी बाटोघाटोकोे सुलभताका साथै सहज रुपमा पूजा गर्ने ब्यवस्था समेत मिलाएको आयोजकले जनाएको छ । उक्त मेलामा पूजा सामग्रीका स्टलहरु राख्नुको साथै थानको वरिपरी अकार्षक रुपले सजाईएको थियो ।

शनि ग्रहबाट देश र मानब जिबन कल्याणको लागी शनिदेब महायज्ञ, अष्टयाम लगायतका धार्मिक कार्यक्रमहरु समेत सञ्चालन गरिएको शनिदेवका पूजारी शिबजी यादवले जानकारी गराए । सातबर्ष अघि स्थानिय एक ब्यक्तिले शनि, बेल, बर, पिपल लगायतका सातओटा बृक्ष रहेको स्थान छ भनी सपनामा देखेपछी खोजीगर्दै जाँदा साक्षात रुपमा भेटिएको जनविश्वास गरिन्छ ।