• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मैथिली विकिपिडियन्सद्वारा नारी दिवसमा कार्यक्रम

मैथिली विकिपिडियन्सद्वारा नारी दिवसमा कार्यक्रम

राजविराज, २५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवस २०१६ को अवसरमा मैथिली विकिपिडियन्सद्वारा मङ्गलवार ‘वुमन एडिट अ थोन’ विषयक कार्यक्रम आयोजना गरियो ।

मैथिलीभाषी युवा–युवतीहरुको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झाले सप्तरीका युवाहरुले मैथिली विकिपिडिया सञ्चालनमा ल्याउनु सम्पूर्ण मैथिलीभाषीहरुकालागि सौभाग्यको कुरा भएको बताए । २१औं शताब्दि सूचना प्रविधिको युग भएको भन्दै प्रमुख अतिथि झाले भने ’मैथिली विकिपिडिया सञ्चालन गरेर मैथिली भाषा, संस्कृति र पहिचानलाई सुरक्षित राख्ने काम गरेको छ ।’4
कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष सतिश कुमार दत्तले विश्वकै अति प्राचीन भाषाहरुमध्येको एक मैथिली भाषामा युवाहरुले विकिपिडिया सञ्चालन गरेर विश्वभरीका मैथिलीभाषीहरुकालागि उदाहरणीय काम गरेको भन्दै यसको प्रवद्र्धन हुनुपर्नेमा जोड दिए । विकीपिडियामा राखिने सामग्रीहरु विश्सनीय एवम् भरपर्दो हुनुपर्ने बताउँदै मैथिली भाषाका लेखक, अनुसन्धानकर्ता, बौद्धिक जमातको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै मैथिली साहित्य परिषद्का सचिव समेत रहेका मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवले युवाहरुको प्रयास सराहनीय रहेको भन्दै बढी भन्दा बढी सामग्री समावेश गर्नुपर्नेमा जोड दिए । कल्याण पोष्ट दैनिककी सम्पादक माला कर्णले अन्तर्राष्ट्रिय नारी दिवसको ऐतिहासिकतबारे प्रष्ट्याए ।1
विकिपिडियाका सञ्चालक विप्लव आनन्दले मैथिली समेत गरी हालसम्म २९१ ओटा भाषाहरुको विकिपिडिया सञ्चालनमा रहेको जानकारी दिए । विकिपिडियामा विभिन्न विषयहरुमा मैथिली भाषामा जानकारी प्राप्त गर्न सकिने उनले बताए ।
सोही कार्यक्रममा राजविराज जेसिजका पूर्व अध्यक्ष सञ्जय सिन्धी, जेसी दिपेन्द्र कुमार दास, सन्तोष सिन्हा, परिषद्का सदस्य धर्मपाल राउत, यमुना श्रेष्ठ, प्रविण देवलगायतले मन्तव्य व्यक्त गरे । सोही अवसरमा ‘वुमन एडिट अ थोन’ कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरियो । 4

3