श्यामसुन्दर यादव, राजविराज
सप्तरी सदरमुकाम राजविराज वडा नं.–९ मा राजदेवी मन्दिर स्थापित छ । नगरको पूर्वी भागमा भलुवाही नदीको पूर्वी तटमा स्थापित यो मन्दिर अति प्राचीन रहेको छ । करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिर पहिला गुम्बज शैलीको भए पनि हाल पैगौडा शैलीको भव्य एवम् आकर्षक मन्दिर बनाइएको छ ।
मन्दिरमा प्रवेश गर्नका लागि पहिला दुईवटा बाटा थिए । अहिले भने पूर्वपट्टीको एक मात्र द्वार रहेको छ । यस मन्दिरमा सामान्यभन्दा लामा, मोटा र चौडा इ“टको प्रयोग भएको पाइएको छ । मन्दिरदेखि उत्तरतर्फ एउटा अर्को गुफा छ । उक्त गुफा भएर मन्दिरसम्म पुग्न सकिने सप्तरीका इतिहासविद् प्रा. हरिकान्तलाल दासको अनुमान रहेको छ ।
मन्दिरको भित्री भाग जमिनको सतहभन्दा मुनि रहेको छ । राजदेवी मन्दिरको सिंहासनमा कलात्मक ढुड्डाका चौकसका टुक्राहरू राखिएका छन् । एउटा ढुड्डामा नारीको मूर्ति कु“दिएको छ । उक्त मूर्तिलाई राजदेवी माताको नामबाट पूजा–आजा गरि“दैआएको छ । सिंहासनमा राखिएका अन्य स्तम्भका टुक्राहरूमा विभिन्न चित्रहरू अङ्कित छन् । तत्कालीन समयमा सेनवंशी राजाहरूकी इष्टदेवी राजदेवी हुन् र सेनहरू देवस्थलमा प्रतिमा नभई शिलालाई पुज्ने गरेका थिए भन्ने आधारमा सेनवंशी राजाद्वारा स्थापित यस मन्दिरको नाम राजदेवी रहन गएको हो । (हरिकान्तलाल दास र पीताम्बरलाल यादव, सप्तरी जिल्लाका प्रमुख धार्मिक स्थलहरूको ऐतिहासिक अध्ययन राजदेवी र छिन्नमस्ता लघु अनुसन्धान कार्य २०४१)
यस्तै मन्दिर मकवानपुर गढीमा समेत रहेको छ, जसमा शिलाको पूजा गरिन्छ । त्यस मन्दिरलाई समेत राजदेवी मन्दिर भनिन्छ । उक्त मन्दिर मकवानपुरको सेन राजाकी इष्टदेवी राजदेवीको थियो । यस दृष्टिकोणले राजविराजको राजदेवी मन्दिर सेनकालीन भएको पुष्टि हुन्छ ।
सप्तरी सदरमुकाम राजविराजको स्थापना हुनुपूर्व पनि राजदेवी मन्दिर चर्चित रहेको थियो । सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गरेपछि वि.सं. १९९७ सालमा जङ्गल कटान गरी राजविराजमा सहर बसाइएको थियो । वि.सं. १९९८ सालमा हनुमाननगरबाट सम्पूर्ण कार्यालयहरू सारिएको थियो । हालको राजविराजलाई बूढापाकाहरूले नया“ बजार अर्थात लबका बजार नै भन्ने गर्दछन् । यस क्षेत्रमा राजदेवी मन्दिर निक्कै चर्चित रहेकोले सहरको नाम समेत यसै मन्दिरको नामबाट रहन गएको हो ।
मन्दिर अगाडि सात विगहाको विशाल पोखरी रहेको थियो । उक्त पोखरी अहिले खेत तथा बस्तीको रूपमा परिणत हुन पुगेको छ । करिब सय वर्ष अघि एक कवि फत्तु झा नाम गरेका कविले आफ्नो कवितामा पोखरीको वर्णन यसरी गरेका छन् ः
पूर्व तडाग महा एक सुन्दर, पश्चिम धार बहे झुमिके
बृक्ष अनेक लत्ता जाहिमे, जिम कोकिल किउ करे ध्वनीमे
मन्दिरको कविके वर्णन, जहा“ माछ मखान दई चुमिके
राजविराज तेरो डिगमे, फत्तु आई गई महिमा सुनिके
राजपुर मौजा अन्तर्गत पर्ने यो मन्दिर अगाडि पहिला धेरै पुराना एवम् विशाल रूखहरू रहेको थियो । वि.सं. २०५३ सालमा मन्दिरको जिर्णोद्धार गर्दा उत्खनन्बाट विभिन्न प्रकारको मुर्तिहरू भेटिएको थियो । सप्तरी जिल्लाका अन्य मन्दिरहरूझैं यस मन्दिरमा समेत पूजारी राख्ने परम्परा रह“दै आएको छ । मन्दिरको रेखदेख तथा पूजा सम्पादन कार्य पडररिया गाउ“का थारू परिवारद्वारा सम्पादन हु“दै आएको छ ।
यस मन्दिरमा भाकल गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास रह“दै आएको छ । यहा“ नया“ वर्षको अवसरमा वैशाख १ गते धामीद्वारा पूजा–आजा हुने गर्दछ । सोही दिन भव्य मेला लाग्ने गर्दछ । यो मेलालाई स्थानीय भाषामा सिरूवा मेला भन्ने गरिन्छ । साथै विजयादशमी तथा चैते दशैंमा मन्दिरमा पूजा–आजा गर्न आउने भक्तजनहरूको घुइ“चो लाग्ने गर्दछ । हुन त मन्दिरमा प्रायः हरेक दिन बली प्रदान हुने गर्दछ, यद्यपि बडा दशैं र चैते दशैंको समयमा सयौंको सङ्ख्यामा बली प्रदान हुने गर्दछ । यस मन्दिरमा विवाह, मुण्डन सहितका शुभकार्यहरू समेत हुने गर्दछन् ।
(लेखक यादव ‘न्यूज टुडे’ दैनिक÷अनलाइनका सम्पादक हुन् )