• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

प्रम ओलीको विदेश भ्रमणः ऐतिहासिक सम्बन्धको जीत

प्रम ओलीको विदेश भ्रमणः ऐतिहासिक सम्बन्धको जीत
Untitled-1 copy
प्रेमचन्द्र झा

प्रेमचन्द्र झा
प्रधामन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पहिलो विदेश भ्रमणको अनेक थरी विश्लेषण हुन थालेका छन् । प्रधानमन्त्री ओली भारत बाहेकका मुलुक जाने कुरा गरेर पछि फेरी आफ्नो अडान छाडेका कारण अनेक थरी विश्लेषण भएका छन् ।
राजनीतिक क्षेत्रमा दखल राख्ने विश्लेषकले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको रुपमा पहिलो भारत हुनु भन्ने कुरा स्वाभाविक हो भनेका छन् । नेपालका सबैजसो प्रधानमन्त्री पहिलो भ्रमण भारत नै गर्ने गरेको परम्परा हो । यसलाई प्रायः सबैले निरन्तरता नै दिने गर्दछन् । त्यसले प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वभाविक र पहिलोको परम्परालाई निरन्तरता दिनु नै हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई कुटनितिक क्षेत्रमा दखल राख्ने जानकारहरुले यो भ्रमणलाई नेपाल र भारतको ऐतिहासिक सम्बन्धको जीतको रुपमा लिएका छन् । नेकपा एमालेका केन्द्रीय अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली जुन समय परिस्थितिमा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको थियो । त्यसबेला नेपालमा भारत विरोधी कुरा गर्ने र माहोल बनाउनेलाई कथित राष्ट्रवादीको रुपमा चित्रण गरिएको थियो ।
देशमा जारी मधेश आन्दोलनको मुख्य प्रायोजक र श्रोतको रुपमा सत्तापक्षधर नेताबाट प्रचार गरिएको थियो । जसका कारण भारत र नेपालका यूगौ युगदेखिको समन्धमा भ्रम फेलाउने समय काम गरियो । पछि ती सबै कुरा प्रायोजित टिप्पणीको रुपमा सावित भयो । भारत र नेपालको सम्बन्ध विगानै खोज्ने आपसे आप पराजित भए । भारतले नेपाललाई हेर्ने दृष्टिकोण सत्तापक्षका जिम्मेवार नेताले बुझि सकेपछि प्रायोजित भ्रम टुटेका थिए । जसको फल स्वरुप नोर्थ फेसको वकालत गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतारुको भारत विरोधी बोली बन्द भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नोर्थ फेसको गेम प्लानमा काम गर्नेहरुको कुरा सजिलै बुझ्नु भयो । त्यसै कारणले हुनसक्छ हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले भारत प्रतिको पुरानो मान्यतामा रुपान्तरण हुनु भयो । प्रधानमन्त्री ओलीले बोल्न थाल्नु भयो “हाम्रो लागि दुवै बराबर, सबै छिमेकी मुलुकसंग हामी सद्भाव सम्बन्ध कायम राख्न चाहन्छौं । हाम्रो लागि भारत र चीन उस्तै उस्तै जताबाट निमन्त्रण आउँछ त्यही पहिलो भ्रमण हुन्छ”
अन्ततः प्रधानमन्त्री ओलीले परम्परा तोडने हिम्मत गर्न सक्नु भएन । वहाँलाई भारत र नेपालको प्रागढ सम्बन्धले पहिलो विदेश भ्रमण भारत गर्न बाध्य बनायो । प्रधानमन्त्री ओलीको पहिले देखिको चाहना समेत थियो कि प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण मित्र राष्ट्र भारतमा नै होस । जो पुरा भएका छन् । तर भारत र नेपालको सौहादर्य सम्बन्ध उपर आँखा लगाउनेले कम प्रयास गरेन । तर ती तत्व यतिखेर पराजित नङ्गेधार भएका छन् ।
नेपालमा भारतलाई नजिकबाट हेर्ने जमात संग उनी पराजित भए । यतिखेर भारतको विरोधमा नेपालमा कुरा गर्नेहरुको मुख बन्द भएको छ । भारतको विरोधमा बोलेर नेपाल र भारतको सम्बन्धमा खासै असर पर्नेबाला छैन भन्ने कुराको ज्ञान ती तत्वलाई भईसके । किनभने दुवै देशको राष्ट्रप्रमुख बीच कुरा मिली सकेको अवस्था हो । भारत र नेपालको सम्बन्ध छिमेकी को मात्र होइन । हाम्रो सम्बन्ध प्राकृतिक भौगोलिक, सांस्कृतिक, पौराणिक, धार्मिक एवं सामाजिक हो । भारत र नेपालको सम्बन्ध लाई दुवै देशका जनस्तरबाट “बेटी रोटीको सम्बन्ध” को रुपमा पनि अंगिकार गरेका छन् ।
भारत र नेपालको सरकार बीचको सम्बन्ध भन्दा पनि यसको महतव ठुलो र विसाल छन् । भारत र नेपालको सरकारले चाहेर मात्र हाम्रो सम्बन्ध प्रगाढ भएको होइन । यो सम्बन्ध युगौं युगदेखिको हो । यी कुरा बुझेर ने प्रधानमन्त्री केपी ओली शर्माले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट आरम्भ गरी सौहादर्तालाई मजबुत पार्ने काम गरेका छन् । यसले हाम्रो सम्बन्धको अभूतपूर्व जीत र विस्तार भएको छन् ।
भारत र नेपालको जनता जनताबीच सम्बन्ध भएको हुनाले एक अर्का देशका सरकार प्रमुखले पनि त्यही सेरोफेरोमा नीतिगत र्णिय लिई सम्बन्धलाई सुमधुर तुल्याउने अथक प्रयास जारी नै राखी राख्नु पर्दछ । भ्रमणको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले स्वागत गरे, कसले विदाई गरे, कसले भेटनु पर्दथ्यो, कसलाई भेटनु हुँदैन्थ्यो, कसले भेटने, क—कसले भेटयो, भारतले नेपाललाई के के दियो, के दिएन ? यी सबै कुरा प्राविधिक हुन् ।
भारतले नेपाललाई आफ्नो असल हितैषी नै ठानेर बेला बखतमा आवश्यक सहयोग गरेका छन् । जसलाई कुने पनि नेपालीले विर्सनु हुँदैन । भारत हाम्रो छिमेकी मात्र होइन नातेदार पनि हुन । यसर्थ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो दिेश भ्रमण भारतबाट भएकोमा भारत नेपालको सम्बन्धको जीत भएको छ ।

(लेखक ः नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष हुन् ।)