• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
माग सम्बोधन नभएसम्म आन्दोलनः अध्यक्ष झा

वीरगंज, १२ फागुन । नेपाल सदभावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल कुमार झाले जारी मधेस आन्दोलनलाई सरकारले सम्बोधन नगरेसम्म जारी रहने बताएका छन् ।
पर्सामा अगुवा कार्यकर्ताहरुसँग बुधवार भेंटघाट एवं छलफल कार्यक्रममा  बोल्दै यस्तो कुरा बताएका हुन् । आन्दोलनको स्वरुपलाई मात्र परिर्वतन गरेको र शनिबार काठमाडौंमा बस्ने सात दलिय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले महत्वपुर्ण निर्णयहरु गर्ने उनले बताए । झाले आउँदा दिनमा बिना क्षति ज्यादा उपलब्धि कसरी गर्ने बिषयमा मोर्चा गम्भिर रहेको धारणा राख्दै मधेसमा एक अर्काको अस्तित्वलाई नस्वीकार्नु र निषेधको राजनितीका कारण मधेस आन्दोलन लामो भएको बताए ।
नेपाल सदभावना पार्टी पर्साका अगुवा कार्यकर्ता एवं छलफल कार्यक्रमलाई पार्टीका केन्द्रीय महासचिवद्वव शिव पटेल र श्रीमन नारायण मिश्र, सह–कोषाध्यक्ष चन्द्रभुषण साह, केन्द्रीय सदस्य अनिरुद्ध सिंह, पर्सा जिल्ला उपाध्यक्ष सन्तोष साह, सचिव कृष्णा प्रसाद कुर्मी, सह–कोषाध्यक्ष भरत सर्राफ, महिला मञ्चका केन्द्रीय उपाध्यक्ष मुनी श्रीवास्तव लगायतकाले सम्बोधन गरेका थिए ।