• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

भारतीय नेता सिंहले भने ‘मधेशमा धेरै दमन भए पाकिस्तानबाट बङ्गला देश अलग भए जस्तै अवस्था आउन सक्छ’

भारतीय नेता सिंहले भने ‘मधेशमा धेरै दमन भए पाकिस्तानबाट बङ्गला देश अलग भए जस्तै अवस्था आउन सक्छ’

कुनौली, ९ माघ । अधिकार प्राप्तीकालागि मधेशमा जारी आन्दोलनलाई सफल पार्न विभिन्न पाँच बुँदै प्रस्ताव पारित गर्दै भारत–नेपाल मैत्री यात्रा सम्वाद कार्यक्रम शनिबार सिमावर्ती बजार कुनौलीमा सम्पन्न भएको छ ।
मधेश आन्दोलनमा राज्यद्वारा भइरहेको दमन र गोली प्रहारको भत्र्सना गर्दै दमन अविलम्ब रोक्नुपर्ने, सार्थक वार्ताको माध्यमले मधेशको माँग पुरा गर्नुपर्ने, नेपाल र भारत बिच भइरहेको तस्करी बन्द गर्नुपर्ने र मधेश आन्दोलनलाई निष्कर्षमा पु¥याउन भारत सरकारले कुटनीतिक प्रयत्न गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ । मिडिया फोर बोर्डर हार्मोनी र भारत–नेपाल मैत्री संघ कुनौलीद्वारा संयुक्त रुपमा आयोजित मधेश आन्दोलनमा हाम्रो भूमिका विषयक सम्वाद कार्यक्रमका प्रमुख अतिथि भारत सरकारका पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष प्रा.डा. रघुवंश प्रसाद सिंहले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरु कार्यक्रममा सहभागी नेपालको मधेशी समुदाय र स्थानीयवासीले ताली बजाएर उक्त प्रस्ताव पारित गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सिंहले मधेशको माँग पुरा नभएसम्म मधेशमा लडाई जारी रहने बताए । मधेश आन्दोलन नेपालको आन्तिरक मामिला नरहेकोमा जोड दिँदै मन्त्री सिंहले छिमेकमा आगो लाग्दा चुप लागेर बस्न नसकिने बताए । वर्तमान केपी शर्मा ओलीको सरकारले आन्दोलनलाई दबाउन जतिसुकै गोली प्रहार गरेपनि आन्दोलन नरोकिने उनले बताए । छ महिनादेखि मधेश आन्दोलन चलिरहेको, नाकाबन्दीको चौथो महिना पुरा भएको र ६२ जना मधेशीको ज्यान जानुका साथै दुई देश बीच व्यापार चौपट हुन लाग्दा पनि ओली सरकारले माग सम्बोधन गर्नुको साथै महिला र बच्चा समेतमाथि गोली हानेको आक्रोश पोख्दै सिंहले सेनाबाट पनि गोली चलाउने काम भइरहेको आरोप लगाए ।1 (3)
संयुक्त राष्ट्रसंघ, नेपालकै राष्ट्रिय मानव अधिकार आयोग समेतले मधेश आन्दोलनमा राज्य पक्षबाट मानवअधिकारको उल्लंघन भइरहेको तथ्य बाहिर आइरहेपनि राज्यले दमन गर्न नछोडेको भन्दै उनले वर्तमान आन्दोलन मधेशको अस्मिताको  आन्दोनल रहेको बताउनुभयो । विगतमा हिमालयदेखि विन्ध्याचलसम्म मध्यदेश रहेको स्मरण गर्दै सिंहले नेपालमा मधेशीलाई भारतीय भन्ने र भारतमा नेपालीभन्ने गरेको कारण मधेशीको पीडा अन्नत रहेको बताए ।
मधेशी सहित पहाडको आदिवासी, जनजाती समेत शोषणमा रहेको अवस्थामा तीन दलद्वारा जारी गरिएको संविधानले यी जात जातीलाई अझ अधिकारविहिन बनाएकाले जारी गरिएको संविधान च्यातिनुपर्ने तर्क समेत उनले गरे । प्रमुख तीन दलमा रहेका मधेशी नेताहरु पहाडीको दलाली गरिरहेको आरोप समेत उनले लगाए । अमेरिकाको भाञ्जा बाराक ओबामा त्यहाँको राष्ट्रपति बन्न पाउने तर भारतको भान्जा नेपालको उच्च पदमा किन जान नसक्ने भनी प्रश्न तेस्याउँदै सिंहले मधेश आन्दोलनप्रति भारत सरकार बेखबर रहेको आरोप लगाए ।1 (2)
मधेश आन्दोलनप्रति समर्थन जनाउन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको १८ सय किलोमिटर खुल्ला बोर्डरमा आफुहरु पुगी यात्रा सञ्चालन गरिरहेको र सो क्रममा कुनौलीमा २८औं सभा सम्पन्न गरिएको जानकारी दिँदै सिंहले दिल्लीदेखि काठमाडौंसम्म आफुहरु पुग्न तयार रहेको जानकारी समेत दिए । वार्ताको नाममा आन्दोलनकारीलाई थकाउने काम नेपाल सरकारले गरिरहेपनि मधेशी जनता नथाक्ने उनले बताए ।
नेपालका परराष्ट्र मन्त्री कमल थापा भारत सरकारसँग ब्ल्याकमेलिड्ड गर्नुका साथै सिमा क्षेत्रमा तस्कारी गराउन अनुरोध गरिरहेको खुलासा समेत गरे । भारतको विकल्प चिन हुन नसक्नेमा जोड दिँदै सिंहले दिल्ली र काठमाडौं दुई देशको जनताबाटै ठिक हुने भन्दै मधेशका आन्दोलनकारीहरुलाई एकजुट हुन समेत उनले आग्रह गरे । आफुहरु नेपाललाई एकजुट रहेको देख्न चाहेपनि तीन दलको रवैया ठिक नरहेको भन्दै  मधेशमा धेरै दमन भए पाकिस्तानबाट बंगलादेशको निर्माण भएझै अवस्था आउन सक्ने प्रति सचेत हुन समेत उनले नेपाल सरकारको ध्यानाकर्षण गराए ।1 (1)
भारत बिहारको पिप्राका विधायक यधुवंश यादवले अधिकार प्राप्त गर्नको लागि भारतीय स्वतन्त्रता संग्रामको इतिहास मधेशी नेता र जनताले अध्ययन गर्न जरुरी रहेको भन्दै आन्दोलनको क्रममा राजनीतिक प्रतिस्पर्धा नगर्न समेत उनले आग्रह गरे । सोही कार्यक्रममा बोल्दै पूर्व सभासद् महेश यादवले मधेश नेपालको विजित भू–भाग नरहेको भन्दै भारत सरकारले चाहेको खण्डमा आजपनि लिन सक्ने दावी गरे । मधेशको भू–भाग अंग्रेजहरुले नेपाललाई उपहारमा दिएको भन्दै यादवले भारत स्वतन्त्र हुन लाग्दा बेलायत सरकारले मधेशीको सुरक्षा र रेखदेखको जिम्मा भारतलाई दिएकाले भारत सरकारले हस्तक्षेप गर्न आवश्यक रहेकोमा समेत जोड दिए ।
नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंहले रघुनाथ ठाकुरबाट सुरु भएको मधेश आन्दोलन गजेन्द्र नारायण सिंहसम्मको कालखण्डमा परिस्कृत भएको भन्दै राज्यले सम्झौता गरेपनि पटक–पटक धोका दिएको आरोप लगाए । वर्तमान मधेश आन्दोलनमा राज्य हिंसक भएर उत्रेको भन्दै सिंहले मधेश र भारत बीचको सम्बन्ध तोड्न अनेक परपञ्च भईरहेकोले दिल्ली र काठमाडौं बीचको सम्बन्धले नेपाल–भारतको सम्बन्ध प्रगाढ हुन नसक्ने बताए । दिल्ली र काठमाडौं बीच मधेश रहेको विर्सन नहुनेमा जोड दिँदै उनले मधेश र भारत बीचको सम्बन्ध सुमधुर बनाउन पटना र लखनउले समेत हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।1 (4)
राष्ट्रिय जनता दलका प्रखण्ड अध्यक्ष सकिल अहमदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य साधना झा, संयुक्त राष्ट्रिय मधेश आन्दोलन परिचालन समितिका प्रवक्ता बलराम यादव, संघिय समाजवादी फोरम नेपालका सल्हेश क्षेत्रका सदस्य युसुफ अली, सोही पार्टीका जिल्ला अध्यक्ष दिनेश यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, कुनौलीका स्थानीय प्रहलाद कुमार यादव, दिनेश प्रसाद यादव लगायतले मधेशमा जारी अधिकार प्राप्तीको आन्दोलनलाई सफल पार्न जनस्तरमा सहकार्य हुनुपर्नेमा जोड दिए ।