• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

भारतको पटनामा समेत मधेश आन्दोलनको समर्थनमा प्रदर्शन

भारतको पटनामा समेत मधेश आन्दोलनको समर्थनमा प्रदर्शन

वीरगञ्ज, २ माघ । अधिकार प्राप्तिको लागि मधेसमा जारी आन्दोलनबारे जानकारी एवं समर्थन जुटाउन नेपालबाट भारत बिहार प्रदेशको राजधानी पटना पुगेको राजनितीक भ्रमण टोली शुक्रवार नेपाल फर्केको छ ।
नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल कुमार झाको नेतृत्वमा गएको भ्रमण टोलीले भारत बिहारका राष्ट्रिय जनता दलका अध्यक्ष एवं पुर्वमुख्यमन्त्री लालुप्रसाद यादव, राष्ट्रिय जनता दल युनाइटेडका महासचिव एवं राज्यसभाका सदस्य आर. सी.पी. सिंह, राष्ट्रिय जनता दल युनाईटेडका नेता एवं बिहार सरकारका ग्रामिण विभाग एवं संसदीय कार्यमन्त्री श्रवण कुमार, राष्ट्रिय जनता दलका नेता एवं बिहार सरकारका अल्पसंख्यक कल्याण मन्त्री अब्दुल गफुर, लोकसभाका पुर्व सांसद साधु यादव, हार्दिक पटेलले नेतृत्व गरेको अखिल भारतीय कुर्मी नव सेनाका प्रदेश अध्यक्ष राजीव रञ्जन पटेल लगायत विभिन्न पार्टीका बिधायकहरुसंग भेटघाट गरी मधेसमा जारी आन्दोलनबारे अवगत गराउदै आन्दोलनप्रति सर्मथनको लागि आग्रह गरेको भ्रमणमा सहभागि नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले बताए । 3
जनमुक्ति संघर्ष बाहिनी एवम् लोक संघर्ष समितीको निमन्त्रणमा भारत बिहारको राजधानी पटना पुगेको उक्त टोली बिहारका बिभिन्न राजनितीक हस्तीहरुसँग भेट गर्दा नेपालको पीडा आफूहरुको पनि भएको र मधेसीहरुले गरिरहेको आन्दोलन न्योचित भएकोले आन्दोलन प्रति सर्मथन रहेको जनाउदै आन्दोलन सम्बोधन गर्नका लागि केन्द्र सरकारमाथी दवाव दिने नेताहरुले प्रतिवद्धता जनाएको महासचिव पटेलले बताए । पाँच दिने भ्रमणको क्रममा राजनितीक दलका नेताहरु संग भेटसँगै पटनाको गान्धी सङ्ग्रहालयमा आयोजित नेपालमे मधेसी अधिकारो और जनतान्त्रिक÷ नेपालके सर्मथनमे नागरिक समावेश बिषयक अन्तरक्रियामा भाग लिएका थिए । 5
यसैगरी मधेस आन्दोलनको सर्मथनमा समतावादी आन्दोलनका प्रणेता जयप्रकाश नारायणका अनुयायीहरुको अगुवाइमा गान्धी मैदानदेखि निकालिएको पैदल मार्च कार्यक्रममा भ्रमण टोलीका सदस्यहरु सहभागि भएका थिए । टोलीमा नेपाल सदभावना पार्टीका अध्यक्षसंगै तराई मधेस लोकतान्त्रिक पार्टीका नेता एवं सांसद बिजय सिंह, संघिय समाजवादी फोरमका महासचिव एवं पुर्व सांसद रामसहाय यादव, नेपाल सदभावना पार्टीका महासचिवद्वय शिव पटेल, राजीव झा, कोषाध्यक्ष महम्द साबिर अंसारी, सांसद डा. डिम्पल झा, राजनितीक बिश्लेषक चन्द्रकिशोर लगायतको सहभागिता रहेको थियो ।