राजविराज, १५ पुस । गत वैशाखमा भएको भूकम्पका क्रममा हराइरहेकी रौतहटकी एक महिलालाई महिला अधिकारकर्मी आभासेतु सिंहले प्रहरीको जिम्मा लगाएकी छिन् ।
रौतहट जिल्लाको सखुवा धमौरा गाविस वडा नम्वर–१ घर भएकी चम्पादेवी पासवानलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालको जिम्मा लगाईएको हो । भूकम्पका समयमा छोरा सञ्जय पासवानलाई खोजी गर्ने क्रममा उनी वैशाख २५ गतेदेखि हराईरहेकी थिईन् ।
छोरा सञ्जयलाई खोज्ने क्रममा हराईरहेकी उनी भारतको मुझफ्फरपुरको ‘सबेरा’ नामक संस्थाको सम्पर्कमा आएकी थिइन् । उक्त संस्थाले सेतु सामुदायिक तथा मानव अधिकार मञ्चकी अधिकारकर्मी सिंहको सम्पर्कमा सोमवार आएपछि चम्पादेवीलाई राजविराज ल्याईएको थियो । उनलाई बुधवार जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको छ ।