समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार शुभनारायणकी आमा मुनेश्वरीको अन्त्येष्टि

पत्रकार शुभनारायणकी आमा मुनेश्वरीको अन्त्येष्टि

राजविराज, १५ पुस । सप्तरीका युवा पत्रकार शुभनारायण यादवकी दिवङ्गत आमा मुनेश्वरी देवी यादवको बुधवार अत्येष्टि गरिएको छ ।
विगत डेढ वर्षदेखि दम रोगबाट पीडित रहँदैआएकी उनकी ४८ वर्षिया आमा मुनेश्वरीको मङ्गलवार साँझ करिब पाँच बजेको समयमा निधन भएको थियो । सप्तरीको बरहीबीरपुर गाविस वडा नम्वर–७ स्थित आफ्नै निवासमा उनको स्वास–प्रश्वासमा समस्या भई निधन भएको थियो ।
हिन्दु परम्परा अनुसार ईटहरी विष्णुपुरस्थित स्मशान घाटमा मुनेश्वरीको अन्त्येष्टि गरिएको छ । उनलाई एकमात्र छोरा पत्रकार शुभनारायणले मुखाग्नी दिएका छन् । बौवालाल यादवका दिवंगत पत्नी मुनेश्वरी देवीका एकमात्र छोरा शुभनारायण, दुई छोरी रहेका छन् ।
पत्रकार शुभनारायण विगत एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएका छन् । उनी सामुदायिक रेडियो छिन्नमस्ता एफएम, राजविराज दैनिक, माउण्टेन टेलिभिजन, मधेश स्पेशल अनलाइन लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत रहेका छन् ।
यसैबीच नेपाल सद्भावना पार्टीकी जिल्ला सदस्य समेत रहेकी मुनेश्वरीको पार्थिव शरिरमा पार्टीका केन्द्रीय सदस्यद्वय सुरेश कुमार सिंह, जयप्रकाश सिंह, जिल्ला अध्यक्ष सुबी यादव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, जिल्ला सचिव मनोज झा, सदस्य बिरेन्द्र कुमार यादवलगायतले झण्डाले ओढाएका छन् । सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् हेमशंकर सिंह, महासंघका सदस्य समेत रहेका मधेशी पत्रकार संघ सप्तरीका सचिव चन्दन यादवलगायतको सहभागिता रहेको थियो ।1 (1)
यसैगरी विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी’ले पत्रकार यादवकी आमाको दुःखद् निधनले आफू मर्माहत भएको बताएका छन् । उनले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।