समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोर्चाद्धारा सिरहामा लाठी जुलुस प्रदर्शन

मोर्चाद्धारा सिरहामा लाठी जुलुस प्रदर्शन

राम नारायण पंडित
सिरहा, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुर्व घोषित कार्यक्रम अनुसार बुधवार सिरहामा लाठी जुलुस प्रदर्शन गरेको छ ।
आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै राज्यको रबैया विरुद्ध सिरहा सदरमुकाममा लाठी जुलुस प्रदर्शन गरिएको मोर्चाले जनाएको छ । यसैगरी मिर्चैयामा समेत मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन गरिएको छ । मिर्चैया बजारबाट सुरु भएको लाठी जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय कटारी चौकमा सम्पन्न भएको थियो ।
लाठी जुलुस प्रदर्शन गर्ने क्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारको बिरुद्धमा चर्को नाराबाजी गरेका थिए । जुलुसमा मोर्चाका नेता कार्यकर्ताहरुका साथै बिद्यार्थीहरुको सहभागिता रहेको थियो । यता, मोर्चाले सदरमुकाम सिरहामा लाठी जुलुस प्रदर्शन गर्ने समयमा जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षा व्यवस्था कडा बनाएका थिए ।