राकेश साह
वीरगञ्ज, १५ पुस । जारी मधेस आन्दोलनाको १४१ औं दिन र नाकाबन्दीको १०० औं दिन बुधवार वीरगञ्जमा बृहत शान्ति बिरोध र्याली निकालिएको छ ।
फोरम गणतान्त्रिकका महासचिव एवम् संघिय समावेसी मधेसी गठबन्धन पर्साका नेता महम्द कदम रसुलको नेतृत्वमा वीरगंज उपमहानगरपालिका वडा नम्वर–१९ नगवाबाट निकालिएको रैलीमा स्थानिय नेताहरु अशोक पटेल, किसोरी यादव, मुन्नी श्रीवास्तव, मगदिश यादव, रामाधा प्रसाद चौरसिया, भागिरथ साह, रम्तुल्लाह खानलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
मधेसी एकता जिन्दावाद, प्रहरी दमन बन्द गर, मधेसको माँग पुरा लगायतका बिभिन्न नाराहरु लगाउदै रयाली वीरगञ्ज नगर परिक्रमा गर्दै मितेरी पुलमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै महासचिव महम्द कदम रसुलले मधेस आन्दोलन ५ महिना पुग्नै लाग्दा पनि नेपाल सरकारले मधेसीहरुको माँगलाई वेवास्ता गरेको बताए । मधेसीको माँगलाई नजर अन्दाज गरे यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी समेत उनले दिए ।