समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेता महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ

नेता महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ

राजविराज, १४ पुस । बिराटनगरको जोगबनीमा धर्नामा प्रहरी दमनबाट गम्भीर घाइते भएका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राजविराजमा मृत्युञ्जय पाठ तथा हवण गरिएको छ ।
धर्नामा बसिरहेको अवस्थामा प्रहरीले गरेको लाठी प्रहारबाट महतो गम्भीर घाइते भई बिराटनगर स्थित गोल्डेन हस्पिटलबाट रेफर गरिएपछि थप उपचारकालागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । नेता महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर मन्दिरमा विधिपूर्वक मृत्युञ्जय पाठ तथा हवण गरिएको छ ।
आचार्य अमोद झाले मृत्युञ्जय पाठ गरेका छन् । कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा मुख्य रुपमा सहभागी भए । उक्त अवसरमा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव ,सदभावना पार्टीका केन्द्रीय सदस्यद्धय दिपेन्द्र चौधरी ,अमरनाथ मण्डल, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव ‘केसी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्धय शैलेन्द्र प्रसाद साह ,अशोक कुमार यादव, नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश सिंह, नेपाल सदभावना पार्टीका गजेन्द्रवादीका केन्द्रिय सदस्य सावित्री पंडित, मोर्चाका नेता सत्यनारायण यादव ,मोर्चाका नगर संयोजक उमेश साह ,मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादव नेपाल सदभावना पार्टीका अध्यक्ष सुबी यादव ,मनोज झा, मधेश रक्षा बाहिनी प्रमुख विनोद यादव, महिला मंचकी केन्द्रिय महासचिव पुनम् यादव ,सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक शम्भु यादव ,सह संयोजक तारकेश्वर यादव, सदस्यद्धय दिनेश शर्मा, विशाल यादव, सञ्जीव दासलगायतका नेता तथा कार्यकर्ताहरुले अध्यक्ष महतोको शिघ्र स्वास्थ्य लाभको लागि कामना गरेका छन् ।1 (2)