• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २९ मंसिर । सप्तरीको मलेकपुर गाविस वडा नम्वर–८ मुसहरनिया टोल कट्टी गाउँमा मङ्गलवार विहान ट्रयाक्टरले किचेर एकजनाको घटनास्थलमै मृत्यू भएको छ ।
राजविराजबाट कट्टी गाउँतर्फ जाँदै गरेको स १ त २८६५ नम्वरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिदा सोही ट्रयाक्टरमा सवार स्थानीय ३० वर्षिय बद्रि सदाको ट्याक्टरले किचिएर मृत्यू भएको हो । सदाको घटनास्थलमै तत्कालै मृत्यु भएको तथा ट्रयाक्टर चालक जमुनीमधेपुरा–८ छपकी टोलका २५ वर्षिय भोला राम घाइते भएका छन् । उनलाई उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन् ।