• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीले भने ‘मोदीका छोरा आन्दोलन गर्छस् गोली ठोकिदिन्छु’

प्रहरीले भने ‘मोदीका छोरा आन्दोलन गर्छस् गोली ठोकिदिन्छु’

घटनाको छानविन गरी दोषीमाथि कार्वाही गर्न माग

राम नारायण पंडित, सिरहा, १४ मंसिर । लामो समयदेखि तराई मधेशमा जारी आन्दोलनमा राज्य पक्षबाट चरम मानव अधिकारको हनन् भइरहेको मानव अधिकारकर्मीहरुले ठहर गरेका छन् ।
आन्दोलनको अवधीमा व्यक्तिले बाँच्न पाउने, अभिव्यक्तिको स्वतन्त्रतासहित मानव अधिकारको संरक्षण र परिपूरण गर्ने दायित्व बोकेको राज्यपक्षबाट नै हनन् भइरहेको विभिन्न घटनाक्रमहरुले पुष्टि गरेको सिरहाका अधिकारकर्मीहरुले ठहर गरेको छ ।
मंसिर ५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लहान सिरहाका कार्यकर्ताहरुका लागि लहान नगरपालिका १ स्थित श्याम चलचित्र मन्दिर परिसरमा सञ्चालन गरिएको मेस इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक हरि ओझा र उनको नेतृत्वको प्रहरी टोलीले तोडफोड गरेको खानेकुरामा बालुवा हालेको, पाकेको खाना घोप्टाएको र पिसाबसम्म फेरिदिएको मोर्चाले आरोप लगाएपछि मंसिर ०६ गते विहान अधिकारकर्मीहरुले स्थलगत अनुगमन गर्दा प्रहरीले खानेकुरा पोखाइ दिएको, बालुवा हालेको, थुकेको र भाडाबर्तन तोडफोड गरेको पाइएको थियो ।12311899_10208222277452453_1761615458_o
घटनाको भोलिपल्ट मसिंर ६ गते विहान करिब ११ बजे ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजबंशी प्रहरी नायब उपरीक्षक राम केसीले भेट्न बोलाउनुभएको छ भन्दै लहानको २ नम्बर सडकबाट मोर्चाका लहान संयोजक कृष्ण बहादुर यादवलाई विशाल होटेल अगाडि पुर्याएर प्रहरी नायब उपरीक्षक केसीको अगाडि प्रहरी निरीक्षक हरि ओझाले ‘मोदीका छोरा आन्दोलन गर्छस् निधारमा गोली ठोकी दिन्छु’ भन्दै गाली गलौज सहित कमाण्डरको आदेश समेत उल्लंघन गर्दै निर्मम ढंगले आफैले पनि कुटपिट गरेको र प्रहरी जवानबाट समेत कुटपिट गराइएकाले भन्दै प्रहरीको उक्त कदमको मानवअधिकारकर्मीहरुले निन्दा गरेको छ ।
विश्वव्यापी मानवअधिकारको न्यूनतम मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ । उक्त घटनाको छानविन गरी दोषीमाथि कार्वाही गर्न सम्बन्धित निकायसंग विज्ञप्ती मार्फत माग गरिएको छ । लम्बिदो मधेस आन्दोलनले जनजीवन कष्टकर बनी मूलुक नै ठप्प भएको अवस्थामा उत्तेजित अभिव्यक्ति दिनुभन्दा राज्य पक्ष गम्भिर भइ बार्ता मार्फत् दिगो निकासको लागि विज्ञप्ती जारी गर्दै आग्रह गरिएको छ ।
मानवअधिकार संरक्षण केन्द्र सिरहा, समग्र जनउत्थान केन्द्र सिरहा, दलित जनकल्याण युवा क्लव लहान, समग्र विकास सेवा केन्द्र, लहान,अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिरहा, महिला मानवअधिकार रक्षक सञ्जाल, सिरहा, सहयोगी हातहरु, सिरहा, मुक्ति नेपाल, सिरहा, ओरेक नेपाल, सिरहा, मानवअधिकार संरक्षण मञ्च सिरहा, तराई मानवअधिकार रक्षक संजाल थर्ड एलाइन्स, सिरहा, मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल सिरहा सिरहाले संयुक्त रुपमा जारी विज्ञप्तीमा जनाएको छ ।