• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

जनताको बलिदान दिने भनी देवीलाई भाकल गर्ने २ नेताहरु

जनताको बलिदान दिने भनी देवीलाई भाकल गर्ने २ नेताहरु

उमेश कुमार यादव, सप्तरी।

मैले सत्ता पाए भने जनतालाई देवी समक्ष चढाउछु भनी भाकल गर्ने १ नेता अर्का म सत्तामा जानलाई अग्रीम देवीलाई जनता चढाउदैछु भनी प्रिपेड र पोसटपेड भाकल कर्ताहरुको मारमा परेका नेपाली जनताहरुको बारेमा सोचने समय कहिले आउँला ?

 

 

नब निर्मित संबिधान पछि सिमाङ्कन सहितका मांग राखि आन्दोलनमा उत्रेका नेपालका तराई मुलुकका मधेशी जनताले गरेको आम हडतालको १०० यौँ दिन पुगि सक्दा पनि सरकारलाई मांग सम्बोधनमा कुनै चासोनै छैन । मांग जायज छैन भनी भन्न पनि सक्दैन जसको मारमा आन्दोनका क्रममा प्रसाशनद्वारा दमनकारी प्रवृति अपनाई मधेशी जनता शहिद हुने क्रम जारी छ भने अर्का तिर बन्दले पिडित जन्ताहरु आपूर्ति सहज हुन नसकि कालो बजारीको मारमा परेका छन । नत सरकारले यसको कुनै विकल्पै खोजेको छ नत मधेशी मोर्चासँग बार्ता गरी मांगै सम्बोधन गरेको छ ।

एका तिर भारतले अघोषित नाकाबन्दी गरेको छ, राष्ट्रिय स्वाभिमानको लडाई हो हामी झुक्दैनो भनी राष्ट्रको लागि मर्छु भन्ने जनताहरु भोको पेट कसरी राष्ट्रियको गित गाउँछन । उनीहरुको घरमा के समस्या छन भने कहिले हेर्नु भएको छ, तपाईले ? काम नगरी एकछाक टार्न गाह्रो पर्ने जनताहरुको बारेमा कहिले सोच्ने हो ? राष्ट्रिय स्वाभिमानको लडाई हो भन्दै उखान र टुक्कामा कुरागर्ने अधिकांश नेताज्यूहरु पैदल यात्रा सम्म गर्ने भनी भन्नेहरु खैत नेपाली जनताले मात्र पैदल यात्रा गर्नुपर्छ कि नेताज्यूहरुलाई पनि यो सौभाग्य प्राप्त हुन्छ । हुन पनि कसरी प्राप्त हुनु कसैले पोसपेट त कसैले प्रिपेट जनताको बलिदान दिने भाकल देबीसँग गरेकै छन् ।

३ महिना अर्थात दिनमा सेन्चुरी (१०० दिन) विति सक्दा पनि तराई मुलुकमा बस्ने मधेशी जनताको मांग सम्बोधन किन भएन ? के तराईबासीहरु नेपाली जनता हैनन् ? वार्तामा बस्ने अनि निर्णय गर्ने क्षमताको बिकास नेताज्यूहरुमा कहिले होला कि टेस्ट म्याच खेल्दै देबीलाई गरेको बाँचा पुरा गर्ने हो ? हैन भने अबका दिनमा हुने बार्ता क्याबिनेट भित्रको कुरा टिभि र रेडियोमा प्रत्यक्ष प्रसारण गरी जनताको मन जितनु पर्‍यो । साँचै बार्ता गर्न बस्नु हुन्छ कि म्याच फिक्सिङ्गको लागि बस्नु हुन्छ । सबै नेपालीले अबका बार्ताहरुको मूल्याङ्कन गर्ने मौका पाउँनु पर्छ ।

इन्धनको समस्या छ भनी सबैले बुझेकै छ, के तपाईलाई यो कुरा थाहा पाउनु भएन ? आयल निगलकै उच्च ओहदाका पदाधिकारीहरुले कालो बजारी गरेको तपाईले पक्कै पनि सुनु भएकै होला । यता जनता भोक भोकै बस्नु पर्ला भन्ने पिडामा तपाईहरुको बाटो हेरी बसेका छन भने कतै कतै धैरै भो अब सरकारले जनताको बारेमा सोच्नै छोडी सक्यो भनी बैकल्पिक ब्यवस्थाहरु गर्न लागेको सुन्न पाइन्छ । के यो राज्यको जिम्मेदारी हैन र ? के जनतालेनै अब बार्ता गर्ने हो अनि पहिलाकै जस्तो शान्ति प्रिय नेपाल बनाउनेछन् ? यसमा प्रिपेड र पोसपेट नेताज्यूहरुको अहम भुमिका हुने कुरा सबैले बुझेकै छ ।

आन्दोलनमा नेता मर्दैन, मर्नेमा सर्वसधारण जनता हुन्छ भने मिडियाको Feature Image मा नेताको फोटो पहिला आउने वा भनौ भने मधेशी जनताको सामाचार प्राथमिकताका साथ समप्रेषण हुदैन । के मधेशमा पत्रकार बन्धु छैन उहाँहरुले पनि त सामाचार कभर गरेर पठाउछन होला तर सम्प्रेषण हुदैन । यूवाहरुको मानसिकता विगाडी प्रदर्शनमा अगाडी पठाउने अनि आफु लुक्ने नेताज्यूहरुलाई अबका दिनहरुमा के बुझ्नु जरुरी छ भने मैले पनि सहादत प्राप्त गर्नुपर्छ अर्थात शहिद हुन्छु भनी सोच्नु पर्यो । मधेश आन्दोलनमा, शहिद परिवारको घरमा के दुःख होला भनेर सोच्नु भएछ ? एक त नेपालका मधेशि जन्तालाई प्रशासनले पनि दमन गरेकै अवस्था विद्यमान छ । नेपाली जनताले पहिलानै महा-भुकम्पको पीडा खेपि सकेको छ अब यो सैयौ दिन अर्थात सेचुरी आमहडतालको मारमा छन अब न सताउनुस सकेसम्म चाडै वार्ता गरी निकास खोजनुहोस ।

नत कुनै नेताज्यूहरु रामायणको राबण जस्तो आफ्नै सिर कटाउन तयार छन, नत सहिद हुन । निकासको बाटो खोजि कसरी सहमति हुन्छ भन्ने तिर सरकारको ध्यान जानु पर्नेहो नकी संसदमा बसी थपडीको आबाजमात्र सुनी मै हुँ ठुलो भन्ने हो ? नेताज्यूहरु जनता नभई देश हुदैन, देश नभई तपाईहरुको के काम ? जनताको रगत देबीलाई नचढाउनुस् जनता जागनेछन् । अबको यूग भनेको कसैलाई दमन र शोषण गरी जवर्जस्ती कुरो थुपार्न सकिदैन भन्ने कुरा अबगतै छ होला । जायज मांग पुरा गर्नोस र यो मांग यस कारण पुरा गर्न सकिदैन भनी जनतालाई प्रत्यक्ष देखाउनुस, न भए रन लिदैको क्रममा क्लीन बोल्ड हुनुहुनेछ र देबीलाई भेटी मात्र चढाउने गरेको बाँचा पुरा गर्नु हुनेछ भने कुरा सारा नेताली जनताले बुझने छन् ।

शहिद परिवारलाई रकमको घोषणा गरी रकम त दिलाउनु हुन्छ होला तर शहिद परिवारको बाबु, आमालाई छोरा र छोरी, पत्निलाई लोग्ने , अनि छोरा र छोरीलाई बाबु कसरी दिनुहुन्छ ? अनि तपाई मै शहिद हुन्छ भन्ने सोच्नु भएको छ ? पक्कै पनि हैन । किनकी तपाईको पनि परिवार छन् । त्यस्तै नेपालका जन्ता सबै एकै परिवारको कसरी हुनेमा लाग्नुस नकी दमन र शोषण तिर । सधै यस्तै हुन्छ नेपालमा मेरो उमेर धैरै भएको छैन मलाई ठेगान भए सम्म नेपालमा वायू मण्डल परिवर्तन भए जस्तै मन्त्रीमण्डल परिवर्तन हुने रैछ । अब त जनताको बारेमा सोच्नुस, आफुँ बिवेकशिल प्राणि भएको जनतालाई देखाईदिनुस जनताको विश्वासको पात्र बन्नुस् ।

देबीलाई भाकल गरी म्याच फिक्सिङ्ग गरेर कहिले सम्म जनतालाई झुक्याई झुक्याई बाख्रो बनाउने । सबैले अधिकार पाउनुपर्छ भने अबगत त होलाई हजुरहरुलाई ? तराईमा बसोबास गर्ने मधेशी जनताको मांग सम्बोधन गरी जाय मांगहरु पुरा गर्नुहोस र बन्दकोठा भित्रको बार्ताको खेल लाई पार्दशी रुपमा देखाउनुहोस । यसरी प्रिपेड र पोसटपेड भेट देबीलाई चढाई अबको नयाँ नेपाल बन्दैन । सहमति गर्नुहोस् दुई टिमले मात्र म्याच खेल्नेहो भने दर्शकलाई किन भेटि चढाउनुहुन्छ ? अँ नढाटनुस् मलाई थाहा छ, जनता देबीलाई भेटी चढाउछु भनी भाकल गर्ने तपाई २ नेता हैन र ?

तलको कविता नेताज्यूहरुमा समर्पित

बोलिले मात्र कहाँ चल्छ अब देश

विर्सिन लाग्यो नेताज्यूहरुले उद्देश्य

चल्दैछ खेल प्रिपेड र पोसपेट भाकलको

कुर्दैछन नेताज्यूहरु बाटो कालको

कति शहिद चाहियो हजुरलाई बनाउन शान्तिप्रिय देश

मर्न तयार छन यूवा जो भविष्य हुन यही देशको

धैरै गर्नु भो क्याविनेटमा खेल सत्ताको

धनी त्यसै हुनु भएन खेलहो सबै उही भत्ताको

जनता सुतेको छैन परिक्षा नलिनुस धैर्यको

पाउनु हुनेछ श्राप शहिद परिवारको

झर्छन आँसु कहि कतै यसै झेलमा

ठाउँ बनाउनु पर्ला अझ हजुरलाई जेलमा

लाजै लागि सक्यो तपाईलाई भन्न मेरै देशको

निर्लज भई कति बस्छ्यौ ढुकुटी लुटी देशको

stope police brutality