राजविराज, २६ कार्तिक । आन्दोलनकारीहरुको एक समूहले सप्तरीको भारदहमा मङ्गलवार राती एक मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भारदह गाविसको वडा नम्वर– १ स्थित कोशी व्यारेजमा ना ५ ख ९१६२ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ९१६२ नम्बरको ट्रकमा आगजनी गरेका छन् । मैदा लोड गरेर गइरहेको उक्त ट्रकमा आन्दोलनकारीहरुले आगजनी गरेको जनाइएको छ ।
आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । उक्त ट्रकलाई स्थानीय सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया लगेर राखिएको प्रहरीले जनाएको छ ।