• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा लाठी जुलुस र विरोधसभा

राजविराज, २३ कार्तिक । मधेशी मोर्चा सप्तरीद्वारा सोमवार रुपनी चौकमा लाठी जुलुस प्रदर्शन गरिएको छ ।
सयौंको सहभागितामा निकालिएको लाठी जुलुस रुपनी बजारको विभिन्न भाग परिक्रमा गरी चौकमा विरोधसभामा परिणत भएको थियो । राजमार्ग अवरुद्ध गरी आयोजना गरिएको उक्त सभामा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादवले राज्यद्वारा गरिएको दमनका कारण आन्दोलन नरोकिने बताए । उनले मधेशी जनताले अधिकार प्राप्त नगरेसम्म आन्दोलन जारी रहने तथा उक्त आन्दोलनमा थप सशक्त भएर लाग्न आमजनसमुदायसँग आह्वान गरे ।12189535_733530863414298_6932059429032669831_n
रुपनी मोर्चाका संयोजक हरेराम यादवको अध्यक्षतामा आयोजित विरोधसभामा सद्भावना पार्टीका केन्द्रीय सदस्यत्रय विशेश्वर रजक, दिपेन्द्र चौधरी, दिनेश यादव, राजनीतिकर्मी सत्यनारायण यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, नेकपा माओवादी(मातृका) जिल्ला संयोजक जयप्रकाश यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, रायपुरका युवा नेता लाल महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा अध्यक्ष मुकेश कर्णलगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।