• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनी र भारदहमा जनसागरः राजमार्ग अवरुद्ध

नेता र सर्वसाधारण एकसाथ रातभर जाग्राम

राजविराज, २२ कार्तिक । मधेशी मोर्चा सप्तरीले हज्जारौं जनसमुदायको सहभागितामा आन्दोलनलाई सशक्त बनाउँदै राजमार्गमै विरोधसभा र धर्नाको आयोजना गरेको छ ।
जिल्लाको रुपनी र भारदहलाई केन्द्रबिन्दु बनाउँदै आइतवार दिउँसोदेखि नै राजमार्गमै बसेर विरोसभालाई निरन्तरता दिएका हुन् । स्थानीय सुरक्षा निकायले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी रातीको समयमा यात्रुवाहक बस, ईन्धन, बोकेको ट्यांकर, दैनिक उपभोग्य सामग्री बोकेको मालबाहक ट्रकहरु गन्तव्यतर्फ पठाईदैआएको थियो । यसअघि पनि राजमार्ग ठप्प पार्न पटक–पटक रुपनी र भारदहमा प्रयास गरिए पनि सुरक्षा निकायले बलपूर्वक राजमार्ग सूचारु गराउँदैआएका थिए । aव्यापक तयारी तथा विशेष रणनीतिका साथ मोर्चाले गृहकार्य गरी राजमार्ग ठप्प पार्नका लागि हज्जारौं जनसमुदाय आन्दोलनमा सहभागी भएका छन् । दिउँसैदेखि शुरु भएको विरोधसभा अबेर रातीसम्म चल्ने तथा रातभरी समेत जाग्राम बस्ने कार्यक्रम रहेको संघीय समाजवादी फोरम नेपालका युवा नेता केदार यादवले जानकारी दिए । राजमार्गको पुरा भाग छेकिने गरी मोर्चाले घेराउ गरेका छन् । रुपनीमा स्थानीय मोर्चाका संयोजक हरेराम यादवको अध्यक्षतामा आयोजित विरोधसभामा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष रेणु कुमारी यादव, dपूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादव, फोरमका केन्द्रीय सदस्यत्रय शैलेन्द्र प्रसाद साह, अनिरुद्ध प्रसाद सिंह यादव, विनोद चौधरी, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, सद्भावना पार्टीका केन्द्रीय सदस्यहरु दिपेन्द्र चौधरी, जिस्मुल खाँ, विशेश्वर रजक, दिनेश यादव, अमरनाथ मण्डल, नेकपा माओवादीका केन्द्रीय सदस्यद्वय महेश यादव, भुलाई राम, तराई मधेश राष्ट्रिय अभियानका महासचिव सुरेन्द्र प्रसाद साह, केन्द्रीय सदस्यहरु भोला मुखिया, राजेन्द्र प्रसाद गुप्ता, मधेशी कर्मचारी मञ्चका केन्द्रीय अध्यक्ष विनोद कुमार सिंहसहित आन्दोलनरत मोर्चा सम्वद्ध राजनीतिक दलका अध्यक्ष तथा पदाधिकारी, युवा विद्यार्थी, महिला मोर्चाका संयोजक तथा पदाधिकारीहरुसमेतले मन्तव्य व्यक्त गरेका छन् । bकार्यक्रममा सहभागी हुन गाउँगाउँबाट पैदलै ओढ्ने, ओछ्याने तथा खानेकुरा समेत बोकेर आएका छन् ।
यसैगरी सप्तरीको भारदहमा गाउँगाउँबाट आएका हज्जारौं सर्वसाधारण समेतको सहभागितामा राजमार्गमा प्रदर्शनसहित विरोधसभाको आयोजना गरिएको छ । मोर्चाका केन्द्रीय तथा स्थानीय नेताहरुसमेतको सहभागितामा पूर्व–पश्चिम राजर्मार्ग छेकेर सडकमै धर्नामा बसेका छन् । DSCN5454
स्थानी सहीद चौकमा आयोजित विरोधसभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय जगदेव यादव, सुर्यनाथ यादव, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार सिंह, सद्भावना पार्टीका केन्द्रीय सदस्य धर्मनारायण राय, नेकपा माओवादीका केन्द्रीय सदस्य छेदी यादव, संघीय समाजवादी फोरम नेपालका नेताहरु शम्भु झा, युसुफ अलि, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, राजनीतिकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’लगायतका नेताहरुले मन्तव्य व्यक्त गरेका छन् । हज्जारौं जनसमुदायको सहभागितामा आयोजित धर्ना तथा विरोध कार्यक्रम रातभरी जारी रहने भारदह–पोर्ताहा मोर्चाका संयोजक वीरेन्द्र माझीले जानकारी दिए । सभामा सहभागी हुने क्रम अबेर रातीसम्म जारी रहेको छ । शब्द तथा तस्विरः श्यामसुन्दर यादव