• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मैथिली विकीपिडियाको पहिलो वर्षगाँठ

राजविराज, २१ कार्तिक । मैथिली विकिपिडिया स्थापना भएको पहिलो पहिलो वर्षगाँठ राजविराजमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

स्थानीय सहीद दशन चौकमा शनिवार आयोजित साहित्यिक जमघटका बीच केक काटेर पहिलो वर्षगाँठ मनाइएको हो । सन् २०१४ नोभेम्वर ६ का दिन मैथिली विकीपिडियाको औपचारिक रुपमा शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डल, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषद्का अध्यक्ष शुभचन्द्र झा, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर र विकिपिडियाका प्रमुख सम्पादनकर्ता विप्लव आनन्दले केक काटेका थिए । उक्त विकिपिडियामा भूगोल, खेलकुद, जीवनी, संस्कृति धार्मिक स्थललगायतका विषयहरुमा १ हजार ५ सय ४५ ओटा लेखहरु समावेश गरिएको छ ।
मैथिली भाषाको उक्त विश्वकोषमा जो कोही जानकारले सम्पादन गर्नसक्ने सम्पादनकर्ता विप्लवले बताए । उनका अनुुुसार सम्पादनकर्ताहरुमा विजय चौरसिया, तुलसी भगत, निलम कर्ण र सोनी चौरसिया रहेका छन् । हाल २ सय ९० भाषामा विकिपिडिया उपलब्ध छ । विश्वका भाषाहरुमध्ये मैथिली ३६औं स्थानमा रहेको छ ।