• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जारी आन्दोलनमा कांग्रेस, एमाले र एमाओवादी पनि सहभागी

जारी आन्दोलनमा कांग्रेस, एमाले र एमाओवादी पनि सहभागी

राम नारायण पंडित
सिरहा, २१ कार्तिक । सिरहाका मिर्चैयामा आन्दोलनलाई थप कडा बनाउने सम्बन्धमा विभिन्न पक्षसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मिर्चैया नगरपालिका अन्तर्गत भगबतपुरमा मधेशी मोर्चाले अन्य दलहरुसंग आन्दोलनलाई थप कडा बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रियामा नेकपा एमाले, नेपाली कांग्रेस र एमाओवादी लगायतका दलहरुले आन्दोलनप्रति सहमति जनाएको संघिय समाजवादी फोरम नेपालका जिल्ला सदस्य राम दयाल यादवले बताए । अन्य दलहरुले मोर्चाको आन्दोलनमा सहमति जनाएपछि मिर्चैयामा सरकारको बिरुद्धमा सर्बदलीय बिरोध जुलुस प्रदर्शन गरिएको छ ।
भगबतपुरबाट सुरु भएको बिरोध र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय कटारी चौकमा कोणसभामा परिणत भएको थियो । कोण सभामा नेकपा एमालेका कासी यादव, नेपाली कांग्रेसका राजेन्द्र साह, मधेशी मुक्ति राष्ट्यि मोर्चाके केन्द्रीय सदस्य तथा एमाओबादीका नेता बिरेश्वर यादव लगायत मोर्चाका कार्यकर्ताहरुले सरकारको कडा आलोचना गरेका थिए ।
यता, आमहडतालको कारणले इन्धनको समस्याले चिन्तामा परेका किसानहरुलाई मोर्चाका कार्यकर्ताहरुले गोलबजारमा डिजेल र पेटेल बितरण गरिएको मोर्चाका नेता संतोष साहले बताए । स्थानिय प्रसाशनको सहयोगमा करिब दुई सय किसानहरुलाई डिजेल र पेट्रोल बितरण गरिएको साहले बताए ।
यसैगरी मोर्चाका कार्यकर्ताहरुले सिरहाको कोरनियाहीमा डिजेल नियन्त्रणमा लिई आगजनी गरेका छन् । मोर्चाका नेता सुरेश साह र मोहन मण्डलको नेतृत्वमा रहेका कार्यकर्ताहरुले अबैध रुपमा भारतबाट तस्करी गरि ल्याँउदै गरेको अबस्थामा करीब १ सय २० लिटर डिजेल नियन्त्रणमा लिई आगजनी गरेका छन् ।