• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राज्य गम्भीर नभए स्वतन्त्र मधेश माग उठ्नेः बुद्धिजिवी

राज्य गम्भीर नभए स्वतन्त्र मधेश माग उठ्नेः बुद्धिजिवी

राजविराज, १९ कार्तिक । बौद्धिक समाज सप्तरीद्वारा विहीवार राजविराजमा आन्दोलनको समिक्षा तथा भावी कार्यदिशा विषयक बृहद अन्तरक्रियाको आयोजना गरियो ।
सप्तरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा आन्दोलनरत मधेशवादी दल र त्यसका भातृ संगठन, स्वतन्त्र युवा, विभिन्न पेशाकर्मी, बुद्धिजिवि, पत्रकारहरुको सहभागिता रहेको थियो । वक्ताहरुले जारी मधेस आन्दोलन शान्तिपूर्ण भएको भन्दै सक्रिय सहभागिता रहनु पर्नेमा जोड दिए । वक्ताहरुले मधेसवादी शक्तिहरु अहिले पनि विभाजित रहेकोले आन्दोलनले अपेक्षित उचाई हासिल गर्न नसकेको भन्दै एकिकृत आन्दोलनमा जोड दिए ।
जारि आन्दोलनमा नाकामा जारी धर्नालाई अझै सशक्त बनाई राजमार्गमा पनि धर्ना जारी राख्नुपर्ने र त्यसमा मधेशी दलका शिर्ष नेताहरु सहभागि हुनुपर्नेमा अधिकांश वक्ताहरुले जोड दिए । बुद्धिजिविहरुले राज्य पक्ष मधेशको माग पुरा गर्न ढिलाई गरे स्वतन्त्र मधेसको माग उठ्ने र त्यो राष्ट्रको लागि घातक हुने भएको भन्दै राज्यपक्ष सचेत रहुन पर्ने धारण व्यक्त गरे ।
बुद्धिजिवि समाजका संयोजक अमरकान्त झाको अध्यक्षता तथा वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डलको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, मधेशी नेता कैलाश महतो, डा. बिरेन्द्र कुमार यादव, पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु कुमार मण्डल, रामगमन साह, श्याम सुन्दर मण्डल, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, प्रा. गजेन्द्र प्रसाद सिंह यादव, मधेशी नेता तेजकान्त झा, अधिकारकर्मी जंगबहादुर सिंह, फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, शिक्षक महासंघका जिल्ला अध्यक्ष फुलेश्वर मण्डल, बौद्धिक समाजका सचिव अनिल कुमार अनल, सदस्यद्वय सुगम्बर यादव र मिना ठाकुरसहितका वक्ताहरुले बिचार व्यक्त गरे ।