• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सचेतनापत्रप्रति मधेशी पत्रकार संघको ध्यानाकर्षण

सचेतनापत्रप्रति मधेशी पत्रकार संघको ध्यानाकर्षण

राजविराज, १८ कार्तिक । बीरगञ्जका विभिन्न एफएमहरुलाई प्रेस काउन्सिल नेपालद्वारा पठाईएको सचेतनापत्रप्रति मधेशी पत्रकार संघको गम्भीर ध्यानाकर्Èण भएको छ ।
मधेश आन्दोलनका क्रममा बीरगञ्जका स्थानीय एफएम र पत्र–पत्रिकाहµको भूमिका अत्यन्त मर्यादित रहे पनि विभिन्न बहानामा सरकारी निकायद्वारा प्रेस स्वतन्त्रताको सर्वमान्य सिद्धान्त विपरीत हतोत्साहित गर्ने गरेको ठहर गर्दै संघले कडा शब्दमा निन्दा गरेको छ । स्थानीय जनभावना विपरीत र कुण्ठित एवम् पूर्वाग्रही मानसिकताले मधेशका मिडियाहरुमाथि अंकुश लगाउने कार्यको घोर भत्र्सना गर्दै प्रेस काउंसिलका अध्यÔलाई सत्य तथ्य बुझ्नका लागि मधेशका जिल्ला–जिल्लामा भ्रमण गर्न संघका अध्यक्ष पंकज दासले अपील गरेका छन् ।