• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बन्दुकले जनताको आवाज दबाउन सकिदैनः गुप्ता

सन्तोष पटेल

बारा, १८ कार्तिक । संघिय समाजबादी फोरम नेपालका केन्द्रीय सदस्य एवं पुर्व सभासद प्रमोदप्रसाद गुप्ताले मधेश आन्दोलनलाई बेवास्ता गर्दै सत्ताको खेलमा लागेको भन्दै सत्ताधारी दलहरुले मधेशका जनतासंग भोट लिई धोका दिएको आरोप लगाएका छन ।

जिल्लाको महागढीमाई नगरपालिका स्थित बबुआईनमा बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको मधेश जागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । नेता गुप्ताले सोमवार बीरगंजमा नेपाली प्रहरीले गरेको दमनको बिश्वले बिरोध गरिरहेको भन्दै अब सरकारमाथि अन्तरराष्ट्रिय दबाव परिरहेको बताए । उनले सरकारले जति दमन गरेपनि जनताले अधिकार लिएरै छाडने बताएका छन् । बन्दुकको नालमा जनताको आवाज दबाउन नसकिने बिश्वको उदाहरण दिदै उनले मधेशको अधिकार संबिधानमा लेख्न अबेर गर्न नहुने बताए । बिश्वको कुरा नमानी देशमा मुठभेडको स्थिति सृजना गरे सत्तासिन दलहरु र सम्पुर्ण राष्ट्रका लागि नै हानीकारक हुने उनले दावी गरे ।
मधेशी मोर्चाका बबुवाईनका अध्यक्ष दिपुप्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजबादी फोरम नपालका केन्द्रीय सदस्यहरु चुमनबाबु केवट, बच्चाराय यादव, रामकिशोर यादव, जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, तराई मधेश लोकतान्त्रिक पाटीका केन्द्रीय सदस्य परमहंस केसरी, महिला नेतृ पिंकी यादव,मधेसी स्वास्थ्यकर्मी फोरम बारा अध्यक्ष शिवशंकर यादव, सदभावना पार्टीका बाबुलाल चौरसिया लगायतकाले सम्बोधन गर्दै मधेशको माग राजनीतिक भएकोले राजनीतिक तरिकाले समाधान गर्न आग्रह गरेका छन् ।