• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तीन दिनसम्म बोर्डर सील

राजविराज, १७ कात्तिक । भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमामा सुरक्षा कडा पारेको छ ।
पाँचौं चरणको निर्वाचन अन्तर्गत कात्तिक १९ गते विहीवार हुन लागेको विहार विधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा अवस्था कडा पारेको हो । चुनावलाई लक्षित गर्दै सप्तरी, सुनसरी, मोरङ्ग र सिरहा जिल्लासँग जोडिएका सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सवारी साधन आवत–जावतमा रोक लगाएको छ । मङ्गलवारदेखि नै सिमाक्षेत्रमा यातायात साधन आवतजावत गर्न विहीवारसम्मका लागि रोक लगाएको सुरक्षा स्रोतले जनाएको छ । चुनाव हुने दिन विहीवार पैदल आवागमनमा समेत रोक लगाइने र सुरक्षा सतर्कता बढाइएको छ ।