• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कुशहा–बेल्ही नाकामा सामान्य झडप

राजविराज, १७ कात्तिक । सप्तरीको कुशहा–बेल्ही नाकामा आन्दोलनकारीहरुले लगाएको बेरियर उखेल्ने क्रममा मङ्गलवार झडप भएको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले आन्दोलनकारीहरुले लगाएको बेरियर हटाउने क्रममा झडप सामान्य भएको हो । प्रहरीले बेरियर उखेल्न थालेपछि आक्रोशित आन्दोलनकारीहरुले रोक्ने प्रयास गरेका थिए । सोही क्रममा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य दयानन्द गोइतको नेतृत्वमा रहेका आन्दोलनकारीहरुले प्रहरीको गाडीमा तोडफोड गरेका छन् । त्यसक्रममा आन्दोलनकारी जिया सामान्य घाइते भएको गोइतले जानकारी दिए ।