• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘वर्डक्याम्प नेपाल २०१५’ हुने

संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१५” मंसिर ५ गते हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह-वर्डप्रेस नेपालद्धारा नेपालमा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

एक तथ्यांक आनुसार झण्डै ५ मा १ वटा विश्वका वेबसाइटहरु वर्डप्रेसले चल्छन् । यस संस्करणको वर्डक्याम्प जावलाखेलको नेपाल एडमिनिष्ट्रेटिभ स्टाफ कलेजमा हुनेछ ।

कार्यक्रम-वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनी, सूचना प्रबिधि का बिधार्थी तथा वर्डप्रेससँग सम्वन्धित व्यक्तिहरुसँग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका सुवास खड्काले दिए ।

कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागिता रहनेछ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरुका साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने जानकारी पनि खड्काले दिए ।अनलाइन खबरबाट