• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको माग अविलम्ब सम्बोधन गरः पहाडी मधेशी भाइ–भाइ

मधेशको माग अविलम्ब सम्बोधन गरः पहाडी मधेशी भाइ–भाइ

राजविराज, ११ कार्तिक । जारी मधेश आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सप्तरीका पहाडी समुदायले बुधवार राजविराजमा जुलुस प्रदर्शन गरेका छन् । 3
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको ऐक्यवद्धता जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । पहाडी समुदायका वासिन्दाहरुको व्या 4 SAM_1414पक सहभागिता रहेको उक्त जुलुसका सहभागीहरुले ‘मधेशको माग पुरा गर’, ‘पहाडी मधेशी भाइ–भाइ’, ‘प्रहरी दमन बन्द गर’ लगायतका नाराहरुले लगाएका थिए ।
स्थानीय सहीद दशन चौकमा आयोजित विरोध सभामा आदीवासी जनजाती महासंघ सप्तरीका उपाध्यक्ष कुमार श्रेष्ठले मधेशमा जारी आन्दोलनका कारण जनजीवन कष्टकर बन्नपुगेकोले तत्काल सम्बोधन गर्न माग गरेका छन् । मधेशमा बस्ने सम्पूर्ण पहाडी समुदायको मधेश आन्दोलनप्रति ऐक्यवद्धता र समर्थन रहेको प्रष्ट पार्दै राज्यलाई गम्भीर बन्न आग्रह गरे ।
तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष भीमबहादुर तामाङ्गले मधेशी र थारु समुदायले शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरीले गोली चलाएर दमन जारी राख्नु निन्दनीय कार्य भएको बताए । उनले भने ‘मधेशी समुदायमाथि दमन र अत्याचार भइरहँदा हामी मधेशमा बस्ने पहाडी समुदाय चुपचाप हेरिरहन सक्दैनौं । नेवा समाजका अध्यक्ष समेत रहेका सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले वार्ता र सम्वादबाट समस्या समाधान गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए ।
सभामा ब्राम्हण समाजका जिल्ला अध्यक्ष जगदीश अर्याल, लछु परियारलगायतले मधेशको माग अविलम्ब सम्बोधन गर्न माग गरेका छन् । पहाडी समुदायको उक्त जुलुसलाई मोर्चाका सप्तरी संयोजक रामप्रित यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव लगायतले स्वागत गरेका छन् ।

-मधेश आन्दोलनको समर्थनमा पहाडी समुदायद्वारा राजविराजमा बुधवार निकालिएको ऐक्यवद्धता जुलुस ।