• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सांसद यादवको घरमा सिलिण्डर बमः फौजी अभियान सशक्त हुँदै जाने गोइतद्वारा घोषणा

राजविराज, ०९ कातिक । नेपाली कांग्रेसका सांसद सुरेन्द्र यादवको राजविराज नगरपालिका वडा नम्वर–५ स्थितको घरमा सोमवार (आज) विहान सिलिण्डर बम फेला परेको छ ।
सप्तरी क्षेत्र नम्वर ६ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद यादवको घरलाई लक्षित गरी उक्त बम राखिएको हो । राजविराज–रुपनी सडक खण्डमा रहेको यादवको घरमा बम फेला परेपछि उनका छोरा नितेशले प्रहरी र स्थानीयवासीलाई खवर गरेका थिए । बिहान करिव ७ वजे सुतेर उठ्दा ग्यासको गन्ध आएपछि हेर्दै जाँदा घर पछाडिको कुनामा टायम मिटर सहितको सिडिलण्डर फेला परेको थियो ।
बम फेला पारेको विषयमा जानकारी पाए लगत्तै पुगेको राजविराज स्थित कृष्णदल गणको नेपाली सेनाको टोलीले करिव डेढ घण्टा पछि उक्त बम निष्कृय पारेको छ । एलपी ग्यासको मिनि सिलिण्डरमा सेट गरिएको उक्त बम घरको पछाडि राखिएको अवस्थामा फेला परेको सेनानी विमल थापाले जानकारी दिनुभयो । सांसद यादवको घरमा बम फेला परेको जानकारी पाउनासाथ स्थानीयवासिन्दा आतंकित भएका थिए ।    सिलिण्डर बमसँगै तराईमा सशस्त्र संघर्षरत भुमिगत संगठन जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको हाते पुस्तिका समेत फेला परेको छ । press statement(1)
यसैबिच संयुक्त मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सोमवारै प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले चेतावनी स्वरुप बम राखेको बताएका छन् । गैर न्यायिक हत्यारामाथि कार्वाही, बन्दी रिहाई र मुद्दा फिर्ता नभएसम्म फौजी अभियान सशक्त हुँदै जाने गोइतद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
तराई मधेशका मूल निवासीहरुका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नागनाथ र निवर्तमान प्रधानमन्त्री सुशील कोइराला साँपनाथ भएको तथा सांसदहरु उनीहरुको रक्षाकवच भएको विज्ञप्तिमा उल्लेख छ । ‘रक्षाकवचमाथि प्रहार नगरी पहाडी राज्यसत्तालाई पछार्न गाह्रो भएको छ’ गोइतद्वारा प्रेषित विज्ञप्तिमा अगाडि भनिएको छ ‘यतिबेला प्रधानमन्त्री ओली तराई (मधेश)मा जारी न्यायपूर्ण आन्दोलनलाई भीषण नरसंहार गरेर दमन गर्ने योजनामा जुटेको छ ।’