• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीसहित मधेशमा घन्कियो मुहर्रमको धुन (फोटो फिचर)

सप्तरीसहित मधेशमा घन्कियो मुहर्रमको धुन (फोटो फिचर)

DSC02378राजविराज, ६ कार्तिक । मुस्लिम समुदायको अर्को महान पर्व मुहर्रम शनिवार सप्तरी सहित देशका बिभिन्न जिल्लामा बसोबास गर्दैआएका मुसलमानहरुले भब्यता पूर्वक मनाउँदै छन ।
ईराकको करवाला मैदानमा यहुदीसँगको लडाईमा पैगम्बरका नाती असन हुसेन मारिएको दिनलाई सम्झना गर्दै यो पर्व मनाईदैआएको हो । असनको प्रतिक सिपर, तजिया, दाहा बनाएर लाठी तथा घरेलु हतियारको कला प्रदर्शन गर्दै मुहर्रम पर्व मनाईन्छ । मुसलमानहरुको धार्मिकस्थल जामे मस्जिदबाट घरेलु हातहतियारका साथ सिपर÷तजिया लिएर युद्ध कौशलता प्रस्तुत गर्दै रन (मैदान) मा लगेर बिधिवत रुपमा शनिवार साँझ अन्त्य गरिनेछ ।

 मुहर्रमका अवसरमा सप्तरी जिल्लाका मुस्लिम समुदायका युवा, बृद्ध तथा बालकहरु समेत शुक्रवार राजविराजमा परिक्रमा तथा कौशलता प्रदर्शन गरेका छन् । मुस्लिम समुदायद्वारा विशेष महत्वका साथ यो पर्वमा बालकदेखि बृद्धसम्मको सहभागिता रहने गर्दछ ।
मुहर्रम पर्वको अवसरमा जिल्लाको विभिन्न स्थानहरुमा दाहा बनाउने गरिन्छ । उक्त स्थानहरुमा भव्य मेला लाग्ने गर्दछ । DSC02336
DSC02352

DSC02402