• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका गङ्गा प्रसाद यादव उप–सभामुखमा निर्विरोध निर्वाचित

सप्तरीका गङ्गा प्रसाद यादव उप–सभामुखमा निर्विरोध निर्वाचित

राजविराज, २९ असोज । व्यवस्थापिका संसद्को उप–सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका साँसद् गङ्गाप्रसाद यादव निर्विरोध निर्वािर्चत भएका छन् ।
नेपाल मजदुर किसान पार्टीका साँसद डिल्लीप्रसाद काफ्लेले दिएको उम्मेदवारी  फिर्ता लिएपछि यादव व्यवस्थापिका संसदको उप–सभामुख पदमा निर्विरोध निर्वािर्चत भएका हुन् । सप्तरीको १ नम्वर योगिनियाँ गाविस वडा नम्वर–७ निवासी उनी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदैआएका छन् ।
पञ्चायतकालमा नेपाल युवक सङ्गठनको जिल्ला उपाध्यक्ष भई राजनीतिमा प्रवेश गरी १ नम्वर योगिनियाँ गाविसको प्रधानपञ्च र नेपालमा प्रजातन्त्र आएपछि गाविस अध्यक्ष समेत भएका थिए । शाही शासनकालमा जिल्ला विकास समिति सप्तरीको उप–सभापति समेत भइसकेका उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय नेता समेत हुन् । उनी राप्रपा नेपालबाट २०७० सालमा समानुतिकतर्फ सभासद्मा मनोनित भएका थिए ।