• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानिय

पत्रकार मण्डललाई थप उपचारका लागि बिराटनगर लगियो

पत्रकार मण्डललाई थप उपचारका लागि बिराटनगर लगियो

राजविराज, २९ असोज । छिमेकीको कुटाईबाट घाइते भएका नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष बिष्णुकुमार मण्डललाई थप उपचारका लागि शुक्रवार बिराटनगर लगिएको छ ।
राजविराज–४ निवासी मण्डललाई छिमेकी यशवन्त सिंह र उनका पत्नी सबिता सिंहले बुधवार ईटाको टुक्रा र हथौडाले टाउँको, खुट्टा तथा शरिरको विभिन्न भागमा कुटपीट गरेका थिए । कुटपीट पश्चात घाइते भएका उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार गरिएको थियो ।
शुक्रवार उनलाई टाउकोमा असह्य पीडा भएपछि एम्बुलेन्सबाट थप उपचारकालागि परिवारजनले बिराटनगर लगेको जनाइएको छ । यता कुटपीट गर्ने सबितालाई प्रहरीले विहीबार प्रहरीले पक्राउ गरे पनि विहीबारै छाडिसकेको छ ।
अधिवक्ता समेत रहेका उनी मैथिल महासंघका अध्यक्ष समेत हुन् । पत्रकार मण्डल मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष तथा कान्तिपुर दैनिकका सम्वाददाता भएर समेत काम गरिसकेका छन् ।