• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदहमा नेपाल–भारत मैत्री सम्वन्ध जुलुस

भारदह, २८ असोज । लक्ष्मी व्यापार संघ पोर्ताहा भारदहद्वारा विहीबार नेपाल–भारत मैत्री सम्वन्ध सुमधुर हुनुपर्ने माग गर्दै जुलुस प्रदर्शन गरिएको छ ।
जुलुसले नेपाल–भारत बीचको मैत्री सम्वन्ध विस्तार हुनुपर्ने माग गर्दै जुलुस प्रदर्शन गरिएको हो । उक्त जुलुस भारदह र पोर्ताहा बजारको विभिन्न भाग परिक्रमा गरी स्थानीय सहीद चौकमा पुगी सभामा परिणत भएको थियो ।
लक्ष्मी व्यापार संघका अध्यक्ष कुन्दन कुमार मण्डलको अध्यक्षतामा आयोजित सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारी, आन्दोलन परिचालन समिति भारदहका संयोजक विरेन्द्र माझी, जागेन्द्र गुप्ता, बद्रीनारायण गुप्ता, शिवशंकर मण्डल लगायतले सदियौंदेखि नेपाल–भारत बिचको सम्बन्ध रहँदैआएको भन्दै यसलाई अझ सु–मधुर बनाउनुपर्नेमा जोड दिए ।