• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदहमा रायको श्रद्धाञ्जली सभा

रामसेवक यादव

भारदह, २७ असोज । गत असोज १४ गते मानव साङ्गलोमा सहभागी भई घर जाने क्रममा मृत्यू भएका बालकृष्ण रायको श्रद्धाञ्जली सभा बुधवार भारदहमा आयोजना गरियो ।
पोर्ताहा–१ का रायको श्रद्धाञ्जली सभामा बोल्दै सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ले सहीदको रगत खेर जान नदिनकालागि आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । चाडपर्वको अवस्थामा पनि आन्दोलनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै गाउँगाउँबाट आम जनता उठ्नुपर्नेमा उनले बताए ।
आन्दोलन परिचालन समितिका संयोजक विरेन्द्र कुमार माझीको अध्यक्षतामा आयोजित सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदेव यादव, केन्द्रीय नेता शम्भु झा, सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य धर्मनारायण राय,  नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका जिल्ला अध्यक्ष दानी मण्डल, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, शिवशंकर मण्डल लगायतले मन्तव्य व्यक्त गरेका छन् ।