• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आजदेखि दुर्गा पूजा शुभारम्भः पहिलो दिन शैलपुत्रीको पूजा गरिँदै

800px-Shailaputri_Sanghasri_2010_Arnab_Duttaराजविराज । नेपालीहरुको महान पर्व बडादशैं मङ्गलवारदेखि सुरु भएको छ । कोजाग्रत पूर्णिमासम्म १५ दिन हिन्दू परम्परा अनुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ दशैं मनाइन्छ । दशैंको पहिलो दिन बिहानै आ–आफ्ना घरको पूजाकोठा तथा दशैं घरमा विधिपूर्वक घटस्थापन गरी जमरा राखिदैछ ।बैदिक विधि अनुसार नजिकको तीर्थ वा सफा ठाउँबाट ल्याएको माटोमा पञ्च धातु र पञ्च पल्लव राखी जौ र मकै छरेर जमरा राख्ने चलन छ । विजया दशमीका दिन आफ्ना मान्यजनबाट विजयको प्रतीक रातो टीका र समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने गरिन्छ । असत्यमाथि सत्य र आशूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यो पर्वको नवरात्रीभरी विभिन्न शक्तिपीठमा बलि दिइनुका साथै दशैँ घरमा प्रत्येक दिन दुर्गा सप्तशती र भगवतीका स्तोत्र पाठ गरिन्छ । शक्ति स्वरूपा दुर्गा भवानीको विशेष पूजा गरिने भएकाले यो अवधिलाई दुर्गापूजा पनि भनिन्छ ।काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा पनि घटस्थापना गरी जमरा राखिँदैछ । सप्तरीसहित मधेशका जिल्लाहरुमा गाउँ–गाउँमा माता दुर्गाको मूर्ती बनाएर पूजा–आजा थालिँदैछ । घटस्माता देवी दुर्गाको नौ रूप हुन्छ । पहिलो दिन माता दुर्गाको पहिलो स्वरूपलाई ’शैलपुत्री’ को नामबाट पूजा–आजा गरिन्छ । नवदुर्गाहरुमध्ये प्रथम दुर्गा हो यो । पर्वतराज हिमालयको घरमा पुत्रीको रूपमां जन्म लिएका कारण यीनलाई ’शैलपुत्री’को नामले चिनिन्छ । नवरात्र पूजनमा पहिलो दिन यसकै पूजा तथा उपासना गरिन्छ । माता दुर्गाको दाहिने हाथमा त्रिशूल र बायाँ हातमा कमल पुष्प सुशोभित हुन्छ । आफ्नो पूर्व जन्ममां उनी प्रजापति दक्षको कन्याको रूपमा जन्म भएको थियो । उनको नाम ’सती’ थियो । उनका विवाह भगवान शंकरसँग भएको थियो ।shellputri
एकपटक प्रजापति दक्षले ठूलो यज्ञ गरे । उक्त यज्ञमा सबै देवतालाई बोलाइयो । यज्ञमा सतीलाई बोलाइए पनि भगवान शंकरलाई आमन्त्रित गरिएन । सतीले जब उनले आफ्ना पिताले अत्यन्त विशाल यज्ञको आयोजना गरिरहेको छ तब त्यहाँ जानकालागि उनी तम्तयार भइन् । खुशीको कुरा जब उनले भगवान शंकरलाई सुनाइन् । भगवान शंकरले भने ‘ प्रजापति किन ममाथि रुष्ट भएको छ ?’ सम्पूर्ण देवगणलाई बोलाउँदा पनि मलाई मात्रै किन बोलाएन ?’ आफूलाई जानी–जानी नबोलाएको भन्दै उक्त यज्ञमा सतीलाई पनि सहभागी नहुन भने । यद्यपी भगवान शंकरको उक्त निर्णयले सतीको चित्त बुझेन । त्यहाँ गएर आमा तथा वहिनीहरुसँग भेट्न उनी व्यग्र भईन् । सतीको उत्कट र्ईच्छा देखेर शंकरले यज्ञमा सहभागी हुन अनुमति दिए ।
सती जब आफ्नो माइती पुगिन् त्यहाँ उनले फरक किसिमको व्यवहारको अनुभूति गरिन् । किनभने उनीसँग कोही कसैले पनि राम्रोसँग कुरासम्म गरेन । केवल उनकी आमाले मात्र स्नेहपूर्वक गलामा गला मिलाइन् । बहिनीहरुको कुरामा समेत व्यंग्य भावको अनुभूती सतीले गरिन् ।
भगवान शंकरप्रति पनि उनले त्यहाँ अपमानजनक कुराहरु सुनिन् । दक्षको मुखबाट समेत अपमानजनक वचन सुनेर सती दुखी भइन् । यस्तो अवस्था देखेर सतीको हृदय क्षोभ, ग्लानि र क्रोधले भरियो । भगवान शंकरको कुरा काटेर यज्ञमा सहभागी हुन गएकोमा आत्मग्लानी महशुस गरिन् । उनले आफ्नो पति शंकरको अपमानलाई सहन गर्न सकिन । तत्कालै आफूलाई जलाएर भष्म भइन् । यस्तो दारुण घटनाको विषयमा थाहा पाएर भगवान शंकर अति क्रोधित भएर आफ्ना गणलाई पठाएर तत्क्षण यज्ञ विध्वंश गराएदिए ।
सतीले योगाग्निद्वारा आफ्नो शरीरलाई भस्म पारी अर्को जुनिमा शैलराज हिमालयको पुत्रीको रुपमा जन्म लिइन् । त्यसपछि उनी ’शैलपुत्री’को नामबाट विख्यात भईन् । पार्वती, हैमवती पनि उनकै नाम हो । उपनिषद्को एक कथा अनुसार उनले ने हैमवती स्वरूपबाट देवतालाई भञ्जन गरेकी थिइन् ।
’शैलपुत्री’ देवीको विवाह पनि भगवान शंकरसँगै भयो । उनी अर्को जुनिमा पनि शंकरकै अर्धाङ्गिनी भइन् । दुर्गाका स्वरुपहरुमध्ये प्रथम शैलपुत्री दुर्गाको महत्व र शक्ति अपार मानिएको छ ।