• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, २४ असोज । मधेशी मोर्चा सप्तरीले आइतवार राजविराजमा लाठी जुलुस प्रदर्शन गरेका छन् ।
स्थान्ीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको लाठी जुलुसले नगर परिक्रमा गर्दै स्थानीय दशन चौकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभामा नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश सिंह, फोरम लोकतान्त्रिका जिल्ला उपाध्यक्ष उमेश कमाण्डौ, राष्ट्रिय मधेश समाजवादी पार्टीका उपाध्यक्ष सतिशकुमार सिंह, तराई मधेश सद्भावना पार्टीका दानी यादव, फोरम गणतान्त्रिकका रबिन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका महेन्द्र खङ्ग, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, सद्भावनाका नगर अध्यक्ष अमरकान्त झालगायतका वक्ताहरुले सम्बोधन गरेका छन् । जनआन्दोलन परिचालन समितिका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित सभाको सञ्चालन सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले गरेका थिए ।DSC01284